चुलियो चलचित्रमा चुम्बन्

१८ बैशाख २०६९, सोमबार १९:२५ मा प्रकाशित

काठमाडौं । निर्देशक दिपेन्द्र के खनाललाई आफ्नो फिल्म ‘युगदेखि युगसम्म’का लागि चुम्बनको दृश्य दिन नायक राजेश हमाललाई मनाउन निकै पापड पेल्नु परेको थियो । हमालले नायिका नन्दिता केसीसँग किस गर्नुपर्ने थियो । चुम्बन दृश्य दिन अनकनाउने तीनै हमाल पछिल्लो समय धमाधम यस्ता दृश्यमा खुल्न थालेका छन् । हमालले आफ्नो पछिल्ला सिनेमा ‘किन-किन’ र ‘मेरो जीवनसाथी’मा नायिकासँग खुलेर चुम्बन गरेका छन् ।

अश्लील दृश्यले भरिभराउ भएको भन्दै सेन्सर बोर्डले जेठको मध्यतिर रिलिज हुन तरखर सिनेमा ‘द लास्ट किस’ लाई तगारो लगाइदिएको छ । यो चलचित्रमा चुम्बनको थुप्रै दृश्य र संवाद समेत उच्छृंखल रहेको बोर्डले जनाएको छ । यी दृश्यमा परिमार्जित नगरी रिलिज हुन नदिने सेन्सरले बताएको छ ।
माथिका यी दुई घटना प्रतिनिधि मात्रै हुन् । नेपाली फिल्ममा ‘हट किस’ सिन राखेर फिल्म बिकाउने चलन पुरानै भए पनि अहिले चुलिएको छ । अभिनेता अभिनेत्रीबीचको चुम्बन र यौनजन्य दृश्यले नेपाली सिनेमामा प्राथमिकता पाउन थालेको देखिन्छ ।

कतिपय सिनेमाको त रिसुट समेत गरिएको थियो । ‘लुट’ले राम्रो व्यापार गरेपछि ‘चपली हाइट’ले समेत पुनः सुटिङ गरेर केही दृश्य परिमार्जित गरेको थियो । यी दुवै फिल्मले वर्षको अन्त्यतिर राम्रो व्यापार गरे ।

अब बन्ने अधिकांश सिनेमाले समेत उत्तेजक दृश्य र विषयवस्तुलाई प्राथमिकतामा राखेका छन् । यिनीहरुको नाम पनि यौनप्रधान जुराइएको छ । जस्तो कि यादव सिलवालको एनी टाइम मस्ती अर्थात् ‘एटीएम’, विजयविक्रम बस्नेत निर्देशित ‘प्ले गर्ल’, बाबुराम ढकालले निर्देशन गर्ने ‘अ सिक्सी नाइन’ जस्ता नामले नै यौनजन्य झल्को दिन्छ । त्यस्तै सुरेशदर्पण पोखरेलले पनि ‘कल गर्ल’ र ‘एडल्ट’ नामक सिनेमा निर्देशन गर्देछन् । केपी पाठकले ‘रेड मार्केट’ निर्देशन गर्दैछन् ।

निर्देशक आकाश अधिकारी सिर्जनात्मक पक्षलाई बिर्सेर जुन चीज बिक्छ त्यसैको पछाडि अधिकांश निर्देशकहरु दौडन थालेको बताउँछन् । ‘पैसामात्रै सबैथोक होइन । फिल्म भनेको समाजलाई प्रभाव पार्ने सञ्चारको साधन हो,’ उनले भने, ‘फिल्मले मनोरञ्जनका साथै सन्देश पनि दिन सक्नुपर्यो । चल्छ भन्दैमा जस्तो पनि फिल्म बनाउने हो भने डबल एक्स बनाए भइहाल्यो नि ।’

नेपाल चलचित्र विकास बोर्डका सदस्य नीलहरि काफ्ले यौनप्रधान र अश्लील संवाद तथा दृश्य भएका फिल्म धमाधम बन्न थाल्नु नेपाली सिने क्षेत्रकै लागि प्रत्युतपादक भएको विश्लेषण गर्छन् । भन्छन्, ‘हिजो भारतीय फिल्मको नक्कल बढी हुन्थ्यो भने आज फरक ‘लुट’ र ‘चपली हाइट’ चले भन्दैमा त्यस्तै फिल्म बनाउने प्रवृत्ति दोहोरिएको छ । यो ज्यादै खतरनाक काम हो ।’ अश्लीलता बिक्दोरहेछ भन्ने भ्रम निर्माता, निर्देशकमा बढेको उनको बुझाइ छ ।

बल्ल बल्ल दर्शकहरु नेपाली फिल्म हेर्न हलसम्म पुग्न थालेकोमा एकै शैलीका फिल्म बन्न थालेपछि पुनः उनीहरु हलतिर केही वर्ष फर्केर समेत नहेर्ने अवस्थामा पुग्न सक्ने निर्देशक अधिकारीको चेतावनी छ । ‘पैसाका लागि दर्शक भाँड्न खोजिंदै छ,’ उनले भने ।

‘एटीएम’ फिल्ममा कसले लामो समय गहिरो चुम्बन दिने भन्ने दृश्यमा तीनजना नायिका जिया केसी, सविना कार्की र सोनिया शर्माबीचको प्रतिस्पर्धाले नायिकाहरु समेत रातारात हिट बन्न यस्ता दृश्यलाई सहजै स्विकार्न थालेको बुझिन्छ । भर्खरै छायांकन सकिएको फिल्ममा दुई मिनेनभन्दा लामो टङ किस देखाइदै छ ।
‘चपली हाइट’ मा हट सिन दिएर चर्चामा आएकी नायिका बिनिता बराल आफूलाई ‘चपली हाइट’ शैलीका फिल्मका लागि अफरको ओइरो नै लागेको अनुभव सुनाउँछिन् । नयाँपन नदेखेकोले आफूले ती सबैलाई रिजेक्ट गरिदिएको उनले दाबी गरिन् । भन्छिन्, ‘चल्छ भन्दैमा एकै खालको फिल्म म खेल्दिनँ । दर्शक हामीभन्दा धेरै अगाडि छन् भन्ने यो क्षेत्रका मानिसले बुझ्नु जरुरी छ ।’

नेपाली सिनेमामा विविधता, सिर्जनात्मकता र आफ्नोपन पाउन नसकिएको गुनासो लामो समयदेखिकै हो । जुनै फिल्म हेरेपनि उही हेरेजस्तो लाग्ने रोगलाई ‘लुट’ले मेटाउने प्रयास गरेको थियो । तर दुर्भाग्य एकपछिअर्को यही शैलीका फिल्म बन्न थालेपछि सिनेमा क्षेत्रमा सिर्जनात्मक पाटोको अभाव कायमै रहेको देखिएको छ । निर्देशक अधिकारी भन्छन्, ‘आफ्नोपन दिन सकिएन भने फिल्म बनाउनुको अर्थ छैन ।’ (Filmnepal.com)

प्रतिक्रिया
सम्बन्धित खवर

रातको ११ बज्नै लागेको थियो कान्ताको फोन आयो। मैले फोन उठाएँ। “के गर्दै हुनु हुन्छ हजुर? सुत्ने बेला भएन र?

चल्यो यो कस्तो समयमा विश्व महामारी । भयो संसारलाई थेग्नै नसक्ने संकट भारी। चिन्दैन ओहोदा न चिन्छ रास्ट्रको शक्ति, त्रसित

निरोज कुमार थापा, काठमाडौँ, ११ भदौ । काठमाडौँ महानगरपालिकाले सिनेमा घरहरुलाई कर तिर्न १५ दिनको म्याद दिएको थियो । तर

अर्जुन भुसाल, काठमाडौँ ९ भदौ । आधुनिक कलाकार समाज (सोमा)ले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको चित्रकला प्रदर्शनीमा शङ्करराजसिंह सुवालले