एमाले नेतृ प्रधानको स्वास्थ्य अवस्था गम्भीर

२१ चैत्र २०७०, शुक्रबार ११:२४ मा प्रकाशित

काठमाडौं, २१ चैत । वामपन्थी आन्दोलनकी अग्रणी महिला नेतृ साहना प्रधान गम्भीर अवस्थामा रहेकी छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठकी धर्मपत्नी प्रधान अहिले बोल्न नसक्ने अवस्थामा बिछयौनामा दिनरात बिताइरहेको आफन्तले जनाएका छन् ।
डेढ वर्षदेखि स्वास्थ्यमा समस्या देखिएको भए पनि छ महिनादेखि उनी अशक्त छिन् । ‘छ महिनादेखि बोल्न, हिँड्न, उठ्न सक्नु हुन्न, सम्झना शक्ति राम्रो छ,’ नेत्री प्रधानकी छोरी उषा श्रेष्ठले भनिन्, ‘कान सुन्नुहुन्छ, आँखा राम्ररी देख्नु हुन्छ, तर बोल्न सक्नु हुन्न ।’
हाडजोर्नी विशेषज्ञ डा.सरोज प्रधानका अनुसार नेतृ प्रधानका हाड मक्किएर कमजोर भएका छन् ।
८६ वर्षीया प्रधान लामो समय सम्म वाम आन्दोलनमा सक्रिय भएकी थिईन् । तत्कालीन बर्मामा जन्मेर १० कक्षा बढी उच्च शिक्षा नेपालमै हासिल गरेकी प्रधानले राणा शासन र सामन्तवादका विरुद्ध नेपालको इतिहासमा पहिलो पटक २००४ सालमा राणाविरोधी आन्दोलनमा सहभागी भएकी थिईन् ।
आन्दोलनमा लागेकै कारण प्रधानले छ महिनासम्म जेल जीवन बिताउनु परेको थियो ।
२००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालसँग २००९ सालमा विवाह हुनुपूर्व नै २००७ सालमा नेत्री प्रधानले पार्टीको सदस्यता लिइसकेकी थिईने ।

प्रतिक्रिया
सम्बन्धित खवर

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौँ । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता

बेइजिङ् । रूस–युक्रेन युद्धले चीनको महात्वाकांक्षी परियोजना बिआरआई मध्य तथा पूर्वी युरोपेली देशहरूमा नराम्ररी प्रभावित भएको छ । युक्रेनमा जारी

आजको प्रमुख समाचार