
दाङ, २१ चैत । सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा जलेर घोराही नगरपालिका–५ का ६५ वर्षीय नमलाल थापाको मृत्यु भएको छ ।
अम्बे सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा उनको मृत्यु भएको हो ।
बुधबार दिउँसोदेखि लागेको आगो नियन्त्रणमा लिने क्रममा शरीरमा आगो लाग्दा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । करिब १० बिघा बढी क्षेत्रफलमा आगो लागेको थियो ।
यसैबीच अम्बे सामुदायिक वन समूहले थापाको परिवारलाई राहतस्वरूप एक लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । उनी सो वन उपभोक्ता समिति सदस्य पनि हुन् ।
सामुदायिक वन उपभोक्ता महासंघ दाङले पनि जिल्लाका सबै सामुदायिक वन समूह र सरकारी तथा गैरसरकारी निकायलाई पीडित थापाको परिवारलाई आर्थिक सहयोग गर्न अपिल गरेको छ ।
महासंघका अध्यक्ष सोभाकर सापकोटाले बिहीबार विज्ञप्ति जारी गरी पीडित परिवारलाई सहयोग गर्न आग्रह गरेका हुन् । वन महासंघले मृतक थापालाई हरित सहिद घोषणा गर्न मागसमेत गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको
काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो
काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न