ग्याङ फाइटमा निर्दोषको मृत्यु

२१ चैत्र २०७०, शुक्रबार ०६:५५ मा प्रकाशित

काठमाडौं, २१ चैत । सतुंगल–३ बोसी गाउँका १३ वर्षीय सारस महर्जनको हत्या ‘ग्याङ फाइट’का कारण भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने रुपन्देही धकधही–६ का १९ वर्षीय वसन्त गुप्ता, सिन्धुली मरिङखोला जोरपानीका १६ वर्षीय मनोज माझी, बलम्बुक–६ का १९ वर्षीय सुजन तण्डुकार, महोत्तरी गौशाला–२ का १६ वर्षीय मोहम्मद इसरत, बलम्बुका १६ वर्षीय विजय स्याङतान र बलम्बु–५ का २१ वर्षीय हेमन्त महर्जन छन् । उनीहरूलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो । टाउकोमा चोट लागेका महर्जनको उपचारका क्रममा बुधबार माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा मृत्यु भएको थियो ।

महर्जनमाथि मंगलबार बेलुका बलम्बुको गर्जुधारास्थित ‘फेसबुक स्नुकर हाउस’नजिकै हमला भएको थियो । प्रहरीका अनुसार महर्जनको टाउकोमा स्नुकरको ‘स्टिक’ले प्रहार गरिएको थियो ।

महाशाखा प्रमुख एसएसपी विजयला कायस्थले दुई समूहबीच ‘कन्सर्ट’मा भएको झगडा महर्जनको हत्याको कारण बनेको बताए । तर, झगडामा मृतक महर्जनको भने संलग्नता नभएको उनको भनाइ छ । कायस्थले भने, ‘कन्सर्टबाट सुरु भएको मारमुक्की महर्जनको हत्यामा पुगेर टुंगिएको देखिन्छ । तर, मृतक महर्जनको दुई समूहबीचको झगडामा कुनै लेनदेन थिएन ।’

प्रहरीका अनुसार बलम्बुस्थित किसिपिडीमा भैरव जात्रा चल्दै थियो । सोही अवसरमा स्थानीय युवाले ‘कन्सर्ट’ आयोजना गरेका थिए । रक्सी र चर्को संगीतको सुरमा भेला भएका युवा ‘डान्स’मा मस्त थिए । सोही क्रममा हत्याका मुख्य मतियार वसन्तको टाउकोमा अपरिचितको मुक्का बज्रियो ।

रक्सीको नसाले अघि नै तातिएका थिए वसन्त । मुक्काले उनलाई झन् ततायो । उनी ‘डान्स’मा मस्त अर्को समूहका युवामाथि जाइलागे । स्थानीयको अवरोधका कारण उनले कुट्न भने कसैलाई पाएनन् । उनीमाथि थप मुक्का बर्सिने देखिएपछि जोगिँदै भागे ।

नजिकै रहेको फेसबुक स्नुकर हाउसका कामदार थिए उनी । भाग्दै स्नुकर हाउस पुगे र कसन्र्टमा मुक्का हान्नेमाथि बदला लिने मनस्थितिका साथ उनी केटाहरूसँग बाटो ढुकेर बसे । यता कन्सर्ट सकिएपछि मृतक महर्जन सातजनाको समूहमा घर फर्कंदै थिए ।

स्नुकर हाउसनजिक पुगेपछि वसन्तले केही समयअगाडि आफूलाई आक्रमण गर्ने ठानेर स्नुकरको स्टिक महर्जनको टाउकोमा बजारे । वसन्तको रिस थामिएन । उनले ढलेका महर्जनको टाउकोमा अरू प्रहार गरे । महर्जन बेहोस भएपछि वसन्त समूह घटनास्थलबाट फर्कियो । घाइते महर्जनलाई भने छिमेकीले उपचारका लागि अस्पताल लगेका थिए । महर्जनको उपचारका क्रममा मृत्यु भयो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता

विराटनगर । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको