राप्रपा र मालेका मन्त्रीको नाम तय

२१ चैत्र २०७०, शुक्रबार ०६:५२ मा प्रकाशित


काठमाडौं, २१ चैत । वर्तमान सरकारमा राप्रपा र नेकपा–माले सहभागी हुने भएका छन् । सरकारमा पठाउन राप्रपाले दुई र मालेले एकजनाको नाम तय गरेको छ ।

राप्रपाले मन्त्रीका लागि अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनील र राज्यमन्त्रीमा गिरिबहादुर केसीको नाम पठाएको स्रोतले बतायो । केसी गैरसभासद् हुन् । उनी राप्रपा नेता पशुपतिशमशेर राणानिकट मानिन्छन् ।

नेकपा ९माले०ले पनि मन्त्रीका लागि सीता खड्काको नाम पठाउने भएको छ । उनी माले महासचिव सिपी मैनालीकी पत्नी हुन् । मैनालीले नाम बुझाउन शुक्रबार प्रधानमन्त्री सुशील कोइरालासँग भेट्ने समय तय भएको बताए ।

सरकारमा पठाउने नाम तयसँगै राप्रपामा असन्तुष्टि देखिएको छ । नेताहरू पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र डा। प्रकाशचन्द्र लोहनीले आफूहरूसँग सल्लाह नगरी अध्यक्ष थापाले नाम तय गरेको आरोप लगाएका छन् । चन्द र लोहनी पक्षधर केन्द्रीय सदस्यहरूको बैठक शुक्रबार चन्दनिवास लोकन्थलीमा बस्ने भएको छ ।

‘पार्टी अध्यक्ष र नेता पशुपतिशमशेर राणाको मिलेमतोमा सरकारमा नाम पठाउन लागिएको छ,’ चन्दनिकट एक केन्द्रीय सदस्यले भने, ‘यसमा लोकेन्द्रबहादुर चन्द र प्रकाशचन्द लोहनीलाई पूरै बाइपास गरिएको छ ।’ नेता दीपक बोहरा र विक्रम पाण्डे पनि मन्त्रीका आकांक्षी छन् ।

दुवै दलबाट नाम प्राप्त भएपछि मन्त्रिपरिषद् विस्तार हुने प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले बताए । ‘राप्रपा र मालेबाट मन्त्रीहरूको सूची आएमा मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीज्यूले विलम्ब गर्नुहुनेछैन,’ अधिकारीले भने ।

प्रधानमन्त्री कोइरालासँग आहिले महिला तथा समाजकल्याण, रक्षा, सहकारी तथा गरिबी निवारण, शान्ति तथा पुनस्र्थापना, विज्ञान तथा प्रविधि र आपूर्ति गरी ६ मन्त्रालय छन् । मालेलाई महिला तथा समाजकल्याण र राप्रपालाई आपूर्ति मन्त्रालय दिने सहमति यसअघि नै भइसकको थियो । एमाले सरकारमा सहभागी भएकै वेला राप्रपा, नेकपा माले, परिवार दललगायतका दल सरकारमा जान तयार भएका थिए ।

२६ सदस्य मनोनयन गर्न केही समय लाग्ने

संविधानसभामा रिक्त २६ सदस्य मनोनयन अझै केही दिन नहुने भएको छ । ‘२६ सदस्य मनोनयनका लागि दलहरूले नाम सिफारिस गरेपछि मात्र मन्त्रिपरिषद्ले निर्णय गर्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘दलहरूभित्रै मनोनयन गर्ने सदस्यको निर्णय हुन सकेको छैन । त्यसैले केही दिन लाग्ने सम्भावना छ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा