निर्देशक समाजका नवनिर्वाचित अध्यक्षलाई फिल्मकर्मीको सुझाव

१८ बैशाख २०६९, सोमबार १९:२२ मा प्रकाशित

काठमाडौं, १८ वैशाख । दुई भोटको अन्तरले चलचित्र निर्देशक समाजको अध्यक्ष पदमा निर्वाचित भएका विमल पौडेल माओवादी निकट चलचित्रकर्मी हुन् । जसको टाईअप सिधै चलचित्र बिकास बोर्डका अध्यक्ष गणेश भण्डारीसंग छ । यो बर्ष विविध कारणले पौडेल विवादमा आईरहे । जसको दवावले निर्देशक समाजको निर्वाचन निर्धारित समय भन्दा तिन महिना अघि नै हुन गयो । यसै सन्दर्भमा विमल पौडेल समाजको अध्यक्ष पदमा निर्वाचित भएको प्रसङ्गमा केन्द्रित रहेर फिल्मीखबर प्रतिनिधि फरक कोणले केही चलचित्रकर्मीसंग प्रतिक्रिया लिएका छन् ।

राजकुमार राई, अध्यक्ष (चलचित्र निर्माता संघ) : हिजोको कार्यकालमा एउटा छुट्टै अर्थ राख्ने गरी सामुहिक एजेण्डामा नमिलेको जस्तो देखिने समाजमा आगामी दिनमा त्यस्तो गतिविधि देख्न नपाईयोस् । तसर्थ निर्माता संघले जसले जिते पनि स्वीकार गरेको छ । विशेषत कुनै पनि चलचित्रसंग सम्बन्धीत संघसंस्था एक्लो हिड्नु हुदैन जुन कुरालाई विमल पौडेलले बुझ्नु पर्छ र सहकार्यको भावनालाई अगाडी बढाउनु पर्छ । निर्माता संघको तर्फबाट मेरो भनाई यति छ कि संघसंस्थामा ब्यक्ति हावी भन्दा सामुहिक एजेण्डामाथि भएमा संस्था सफल हुने हो र यो कुरालाई विमल जीले बुझ्नु हुन्छ जस्तो लाग्छ ।

रमेश बुढाथोकी, अध्यक्ष (कलाकार संघ) : पुरानो चलचित्रकर्मी निर्देशक समाजको अध्यक्ष भएकाले खुशी लागेको छ । तसर्थ यो कार्यकालमा उहाँले विगतका कार्यकालमा समाजले गरेका केही उपलब्धी मुलक कार्यलाई निरन्तरता दिनुहुने छ भन्ने विश्वास लिएको छु साथै नयाँ भिजन सहित समग्र निर्देशकहरूलाई एकबद्ध भएर अगाडी बढेमा उहाँको कार्यकाल सफल हुने देख्छु म ।

योगेन्द श्रेष्ठ, अध्यक्ष (द्धन्द कलाकार संघ) : सर्वप्रथम त अध्यक्षमा निर्वाचित भएकोमा उहाँलाई बधाई साथमा निर्देशक समाजलाई राजनीतिक पार्टी तर्फ केन्द्रित नगरी उद्योगलाई माथि पुर्‍याउन म विमल जीलाई सुझाव दिन्छु । त्यसमाथि पनि नयाँ निर्देशकहरूलाई आफ्नो संस्थाको दायरामा ल्याएर कार्यकाल अगाडी बढाएमा उहाँ सफल भएको मानिने छ ।

प्रदीप उदय, महासचिव (चलचित्र संघ) : चलचित्र संघको तर्फबाट उहाँलाई बधाई एवं शुभकामना । चलचित्र उद्योगको बृहत्तर विकासका निम्ती उहाँले राम्रा काम गर्नुहुने छ भन्ने हामीले अपेक्षा राखेका छौ ।

रोज राणा, निर्माता : यसअघि उपाध्यक्ष पदमा रहनु भएका विमल पौडेलले सो कार्यकाललमा अध्यक्षले गर्न नसकेका कामलाई आफ्नो कार्यकालमा पुरा गरेमा उहाँको तारिफ हुने छ । त्यस्तै जसरी पछिल्लो समय टेक्निक्ली फिल्मले फड्को मारेको छ सोही अनुरूप विभिन्न वर्कसप गरेर निर्देशकलाई अझै सक्षम बनाउन पहल गरेमा उहाँको कार्यकाल सफल भएको मानिने छ तसर्थ विमल पौडेल अध्यक्षमा विजयी हुनु ठूलो कुरा भएन समग्र निर्देशकहरूलाई उहाँले आगामी दिनमा कसरी डोर्‍याउनु हुन्छ त्यो नै उहाँको परीक्षा हुने छ ।

छवि ओझा, निर्माता : दुई कार्यकाल उपाध्यक्ष भएकाले उहाँले सवैकुरा बुझ्नु भएको छ त्यसैले म यति भन्छुकी समग्र निर्देशकहरूलाई समेटेर उहाँले आफ्नो काम कारबाही र योजना अगाडी बढाएमा उद्योगको लागि राम्रो हुन्थ्यो । साथै उहाँले यो कार्यकालमा राम्रो फिल्म उत्पादन गर्ने माहोल बनाउनु पर्छ जस्तो लाग्यो त्यति गरेमा उहाँ सफल भएको मानिने छ ।

उज्जवल घिमिरे, निर्देशक : सुरूमा उहाँलाई बधाई दिन चाहन्छु । विशेष गरी उहाँले निर्देशकहरूको हक हितको पक्षमा भन्दा पनि क्रिएटिभ काम गरेर आफ्नो कार्यकाललाई अगाडी बढाएमा उहाँ सफल मानिनु हुनेछ । हक हितको लागि सवै निर्देशक बुझेका छन् तर वर्कसप, सेमिनार र गोष्ठीको अभावले क्रियटिभ कुराहरूबाट निर्देशकहरू बञ्चित हुनु परेको अवस्था छ । तसर्थ, उहाँले वर्कसप तर्फ आफ्नो ध्यान बढी केन्द्रित गरे समग्र निर्देशकहरूका लागि राम्रो हुने थियो ।

शिव रेग्मी, निर्देशक : जसरी अघिल्लो कार्यकालमा निर्देशक समाजले अर्न्तराष्ट्रिय वर्कसप गरेर निर्देशकहरूको अभिब्यक्ति विकास गर्न महत्वपूर्ण कदम चालेको थियो त्यो कुरालाई विमल जीले पनि निरन्तरता दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु । निर्देशक भनेको सर्जग हो जसको दिमाग तिखारिनु जरूरी छ । (Filmkhabar.com)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले

काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो