विभागको मलेसिया र कतार शाखाको कार्यालय ताहाचलमा

२० चैत्र २०७०, बिहीबार १७:१० मा प्रकाशित


काठमाडौं, २० चैत । वैदेशिक रोजगार विभागले विभागको मलेसिया र कतार शाखा आइतबारदेखि ताहाचल सोल्टिमोडस्थित नेपाल ट्रस्टको जग्गामा सञ्चालन गर्ने भएको छ ।
अस्थायी भवन बनाएर कार्यालय सार्न लागिएको विभागले जनाएको छ । आवश्यक भवन निर्माण कार्य पनि जारी रहेकोे विभागका प्रवक्ता बद्रीकुमार कार्कीले जानकारी दिए ।
त्यस्तै वैदेशिक रोगजार विभाग काठमाडौं शाखा, साउदी अरब शाखा, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र वैदेशिक रोजगार विभागलगायत वैदेशिक रोजगार सम्बद्ध सबै कार्यालय पनि दुई महिनाभित्रै ताहाचलको सोही जग्गामा सार्ने तयारी गरिएको उनले बताए ।
ट्रस्टको २२ रोपनी जग्गा लामो समयका लागि भाडामा लिएर वैदेशिक रोजगारसम्बन्धी सबै कार्यालयहरू एउटै हातमा सार्न लागिएको श्रम तथा रोजगार मन्त्रालयका बुद्धिबहादुर खड्काले जानकारी दिए ।
उनले जग्गाको स्वामित्वबारे ट्रस्टसँग छलफल जारी रहे पनि भवन निर्माण कार्य भने दु्रततर गतिमा अगाडि बढेकोे बताए ।
अहिलेलाई सानासाना आल्मोनियमका भवन, टहरा र काउन्टर बनाएर सेवा प्रवाह गर्ने र ट्रस्टसँगको छलफल टुङ्गिएपछि व्यवस्थित भवन बनाउने योजना मन्त्रालयको छ ।
वैदेशिक रोजगार सम्बद्ध विभागको कार्यालय तिनकुने, प्रवद्र्धन बोर्ड अनामनगरलगायतका क्षेत्रमा छरिएर रहेकामा ती कार्यालय अब एउटै परिसरभित्र हुने भएपछि सेवाग्राहीले सहज सेवा पाउने मन्त्रालयका प्रवक्ता खड्काले बताए ।
एउटै परिसर भित्र सबै कार्यालय रहने भएपछि वैदेशिक रोजगारदातादेखि कामदारसम्मले पूर्व श्रम स्वीकृति, अन्तिम श्रम स्वीकृतिलगायतका काम सहजै पाउने अवस्था आएको छ ।
वैदेशिक रोजगारीमा देखिएको ढिलासुस्ती, अनियमितता पनि कम हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार