कुलेखानी, हेटौडा सडक एक महिनाका लागि बन्द

२० चैत्र २०७०, बिहीबार १४:३५ मा प्रकाशित


हेटौँडा, २० चैत । हेटौँडा हुँदै काठमाडौँ छिर्ने छोटो दूरीको मार्ग हेटौँडा–भीमफेदी–कुलेखानी सडक एक महिनासम्मका लागि बन्द भएको छ ।
सडक मर्मतका लागि भन्दै आज (बिहीबार) बिहान ९ देखि साँझ ६ बजेसम्मका लागि बाटो बन्द गरिएको हो । सडक एक महिना सम्म बन्द रहने छ ।
सडक मर्मत अवधिभर सवारी साधन आवतजावत बन्द हुने डिभिजन सडक कार्यालय हेटौँडाले जनाएको छ । प्रहरीले चित्लाङबाट भने गाडीहरु हेटाँैडा गइरहेको बताएको छ ।
भीमफेदी–कुलेखानीको १५ किलोमिटर सडकमध्ये भीमफेदीदेखि उत्तर चार किलोमिटर खण्ड छाडेर बाँकी ११ किलोमिटर सडक कालोपत्र गर्न लागिएको छ ।
छोटोबाटो बन्द भएपछि हेटौँडाबाट काडमाडौँ जाने टाटासुमो त्रिभुवन राजपथबाट सञ्चालन हुन थालेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न