‘राजनीतिक समितिको नेतृत्व एमाओवादीले पाउनु पर्छ’

२० चैत्र २०७०, बिहीबार २०:०६ मा प्रकाशित


काठमाडौं, २० चैत । एमाओवादीका नेता देवेन्द्र पौडेलले उच्चस्तरीय राजनीतिक समिति र राजनीतिक संवाद समितिको नेतृत्व आफ्नो पार्टीले पाउनु पर्ने दावी गरेका छन् ।
काठमाडौंमा आज (बिहीबार) आयोजित कार्यक्रममा पौडेलले बाहिरी सन्तुलन मिलाउन भएपनि एमाओवादीलाई समितिको नेतृत्व दिनुपर्ने बताए ।
कांग्रेस नेता प्रकाशशरण महतले राजनीतिक समितिको नेतृत्व एमाओवादीलाई दिनै नसकिने बताए । उनले ठूलो पार्टीले समितिको नेतृत्व गर्ने प्रचलन रहेकाले कांग्रेस आफैले समितिको नेतृत्व पाउनु पर्ने बताए ।
एमाले सचिव शंकर पोखरेलले उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व कुनै पार्टीलाई एकलौटी दिन नसकिने बताए । उनले बिगतमा समितिको नेतृत्व आलोपालो गरिएको भन्दै अहिले पनि सोही अनुसार जानुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकी सेना प्रमुखसहितका उच्च सुरक्षा अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

आजको प्रमुख समाचार