केन्द्रीय कारागार नुवाकोटको विदुरमा सार्ने निर्णय

२० चैत्र २०७०, बिहीबार १४:०४ मा प्रकाशित


काठमाडौं, २० चैत । काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारलाई सार्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको आज (बिहीबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले केन्द्रीय कारागारलाई नुवाकोटको विदुरमा सार्ने निर्णय गरेको हो । नुवाकोटको विदुरमा छिटो भन्दा छिटो भौतिक संरचना निर्माण गरेर कारागार सार्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए ।
कारागारले नगरपालिका भित्र सात सय रोपनी जग्गा पनि पाएको छ । कारागार निर्माण क्षेत्रमा रहेका स्थानीय नागरिकलाई हटाउन पनि मन्त्रिपरिषदले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।
केन्द्रीय कारागारलाई असर पर्ने गरेर ओरपरको क्षेत्रमा ठूला ठूला संरचना निर्माण भए पछि सुरक्षाको दृष्टिले कारागार सार्न दबाव परेको थियो । सुझाव समितिले पनि कारागार सार्न राय दिएको थियो ।
सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रविन्द्रकुमार शाक्यले दिएको राजीनामा पनि स्वीकृत गरेको छ । शाक्यले विविध कारण देखाई पदबाट राजीनामा दिएका थिए ।
मन्त्रिपरिषदले सचिवमा बढुवा भएका प्रभावकर पाठकलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पदस्थापना गरेको छ । पाठकले आगामी साता अनिर्वाय अवकास पाउँदैछन् ।
सरकारले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई तीन करोड रुपियाँ अनुदान दिने निर्णय पनि गरेको छ ।
मेलम्ची आयोजनाका लागि २ अर्ब ४३ करोड ऋण स्वीकृत गरेको सरकारले इटलीमा अवैतनिक महावाणिज्य दूतावास र हंगेरीलाई नेपालमा वाणिज्य दूतावास खोल्न समेत स्वीकृति प्रदान गरेको छ ।
त्यसैगरी प्रवक्ता रिजालले मन्त्रिपरिषदले मुक्तकमैयाको थप पुनःस्थापनाका लागि नयाँ कार्यविधिलाई स्वीकृति प्रदान गरेको जानकारी दिए । संयुक्त राष्ट्र संघको अवधारणालाई सम्मान गर्दै देवबहादुर महर्जनको परिवारलाई एक लाख ५० हजार र मुकुन्द सेडाईंलाई दुई लाख राहतस्वरुप क्षतिपूर्ति प्रदान गर्ने निर्णय पनि सरकारले गरेको छ ।
बैठकले अन्तर्राष्ट्रिय वित्तीय संस्थालाई नेपालमा स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न स्वीकृति प्रदान गरेको छ । सञ्चारमन्त्री रिजालका अनुसार निर्णयपश्चात् कुनै एक अन्तर्राष्ट्रिय संस्थाले पाँच वर्षमा ५०० मिलियन अमेरिकी डलरसम्म लगानी गर्न सक्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा