यमन आक्रमणको अल कायदाद्वारा दाबी

२० चैत्र २०७०, बिहीबार १३:१० मा प्रकाशित


आदेन, २० चैत । यमनको दक्षिणी सहर आदेनमा बुधबार बिहान सैनिक प्रमुख कार्यालयमा भएको भिषण आक्रमणको अलकायदा आतंककारीले जिम्मा लिएको समाचार छ ।
यस आक्रमणमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य १४ जना घाइते भएको बताइएको छ । यस आक्रमणबाट ज्यान गुमाउने प्रायः सैनिकहरु नै परेका अनुगमन समूहले बिहीबार जनाएको छ ।
आदेनको तवाही जिल्लामा अवस्थित सैनिक प्रमुख कार्यालयमा भएको सो आक्रमणको अरेबियन प्रायद्वीपका अलकायदा आतङ्ककारीसँग आबद्ध जिहादिस्ट सञ्जालले सो आक्रमणको दाबी गरेका जनाइएको छ ।
यस आक्रमणमा छ सैनिक र एक सात वर्षीय बालकसहित तीन सर्वसाधारणको मृत्यु भएको छ । त्यसैगरी आत्मघाती आक्रमणकारीसहित अन्य १० आक्रमणकारीको मृत्यु भएको बताइएको छ ।
हालैका दिनहरुमा वासिङ्टनले यमनमा अलकायदा समूहलाई लक्ष्यगरी अमेरिकी हवाई आक्रमण रोकेको छ ।
गत डिसेम्बरमा अल कायदासँग आबद्ध आतङ्ककारीहरु प्रतिरक्षा मन्त्रालयमा गरेको आक्रमणमा कम्तीमा ५६ जना व्यक्तिको मृत्यु भएको थियो ।
यमनमा सन् २०११ मा ३३ वर्षको शासनपछि अपदस्थ भएका राष्ट्रपति अलि अब्दुल्लाह सालेहको अन्त्यपछि उनका समर्थक समूहहरुले हिंसाहत्या मञ्चाउँदै आएका छन् ।
यमन अल कायदासँग आबद्ध आतङ्ककारीले बारम्बार आक्रमण गर्दै आएको पाइन्छ । एएफपी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । युक्रेन युद्धका बीचमा रुस, चीन र उत्तर कोरियाबाट हाइपरसोनिक मिसाइलको खतरा सामना गरिरहेको अमेरिकालाई ठूलो झट्का लागेको छ

प्योङयाङ । उत्तर कोरियाली जनताले दक्षिण कोरियाली सिमाना नजिक खसेका ‘अज्ञात वस्तुहरू’ छोएपछि कोभिड १९ महामारी सुरु भएको प्योङयाङका सरकारी

किभ । युक्रेनी सेनाले गत २४ फ्रेब्रअरीमा रुसीले युक्रेनमाथि आक्रमण थालेदेखि १ जुलाई सम्म ३५ हजार ७५० जना रुसी सैनिकको

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा