वीरगन्ज सुक्खा बन्दरगाह रेल सेवा बन्द

२० चैत्र २०७०, बिहीबार १२:५३ मा प्रकाशित


पर्सा, २० चैत । वीरगन्ज सुक्खा बन्दरगाहको रेल सेवा बन्द भएको छ । रक्सौल रेल्वे स्टेसनमा रेलको चाप बढेको भारतीय रेल्वेले चार दिनका लागि रेल सेवा बन्द गर्न बन्दरगाहलाई पत्र पठाएको हो ।
रेल्वेले सुक्खा बन्दरगाह व्यवस्थापनको जिम्मा दिएको हिमालयन टर्मिनललाई आज (बिहीबार) देखि रेल सेवा बन्द भएको जानकारी पठाएको हो ।
रेल्वेको मध्यपूर्वी क्षेत्रीय कार्यालय हाजिपुरले बिहीबारदेखि चार दिनका लागि सेवा बन्द गरेको हिमालयन टर्मिनलका प्रमुख कार्यकारी अधिकृत बी. मोहनले जानकारी दिए ।
‘रक्सौलमा रेलको चापलाई कारण देखाएर सेवा बन्द गरिएको पत्र प्राप्त भएको छ । यसबाट आयातकर्तालाई असुविधा पर्ने भएकाले जतिसक्दो चाँडो विकल्प निकाल्ने प्रयासमा छौँ’, उनले भने ।
भारतीय रेल्वेले विभिन्न कारण देखाएर रेल रोक्दा आयातकर्ताहरूले तेस्रो मुलुकबाट आयात गरेको कन्टेनरमा चर्को बिलम्ब शुल्क तिर्दै आउनुपरेको छ ।
कोलकाता बन्दरगाहमा वीरगन्ज सुक्खा बन्दरगाहका लागि मात्र दैनिक २०० भन्दा बढी कन्टेनर आउने हिमालयन टर्मिनलले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ