साहित्य विकास परिषदमा नेपाली

१८ बैशाख २०६९, सोमबार १९:१२ मा प्रकाशित

बेलायत, १८ वैशाख । नेपाली साहित्य विकास परिषद युकेको साधारणसभाले पत्रकार खगेन्द्र नेपालीको अध्यक्षतामा आठौँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । आइतबार एक्टनस्थित कुइन्सल्याण्ड कलेजमा सम्पन्न परिषद्को साधारणसभाले पत्रकार एवं साहित्यकार नेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित कार्यसमितिको वरिष्ठ सह अध्यक्षमा कोमल प्रसाद मल्ल, सह अध्यक्षमा ध्रुब केसी, प्रथम उपाध्यक्षमा वीरेन्द्र कुंवर, द्धितिय उपाध्यक्षमा गोकुल भण्डारी, महासचिवमा डा. सुधा श्रेष्ठ, कोषाध्यक्षमा गोपाल प्रसाद पौडेल, सह महासचिवमा शुशीला कार्की रहेका छन् । त्यस्तै सदस्यहरुमा मोतीराज भण्डारी, ज्ञानेन्द्र रावत, दुर्गा पाण्डे, बिनोद न्यौपाने र दिनेश पौडेल रहेका छन् ।

निर्वाचन अधिकृत कृष्ण भट्टले नवनिर्वाचित पदाधिकारीहरु सर्वसम्मत भएको घोषणा गरेका थिए । सबै पदमा एक एक जनाको मात्र उम्मेदवारी परेकोले सबै पद निर्विरोध भएको भट्टले बताए । उनले निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । निर्वाचित पदाधिकारीहरुलाई पुरनो कार्यसमतिले आइतबार नै पदभार हस्तान्तरण गरेको थियो । निर्वाचन प्रकृयामा अधिकृत भट्टलाई सदस्य सचिव अनुज उप्रेतीले सहयोग गरेका थिए ।

एन आर एन युकेका अध्यक्ष कुल आचार्य र पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नवीन पोखरेलले निर्वाचन सल्लाहकारको भुमिका निर्वाह गरे । त्यस्तै पत्रकार महासंघ युके शाखाका सचिव धर्मराज अधिकारीले निर्वाचन पर्यवेक्षण गरेका थिए ।

सो अवसरमा नवनिर्वाचित कार्यसमितिका अध्यक्ष खगेन्द्र नेपालीले आफुलाई कर्तव्यले गह्रुङ्गो महसुस भएको बताए । उनले पुरानो कार्यसमितिका प्रभावकारी कामहरुलाई निरन्तराता दिंदै नेपाली भाषा र साहित्यको जगेर्ना गर्न आफ्नो कार्यकाल उपलब्धि मुलक बनाउने वाचा गरे ।

नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिंदै नेपाली दुतावास लण्डनका कार्यवहाक राजदुत तेज बहादुर क्षेत्रीले नेपाली भाषा र साहित्यको सेवामा लाग्न आग्रह गरे । प्रवासमा रहेपनि नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकासमा परिषद्को भुमिका अविश्मरणीय रहेको उनले बताए ।

नवनिर्वाचित कार्यसमितिलाई यती नेपाली एशोसियसनका अध्यक्ष उमेश मोक्तान, नेपाली क्याटर्स एशोसियसन युकेका अध्यक्ष एवं नेपाली टेलिभिजनका संस्थापक डाइरेक्टर विजय थापा, व्यवसायी ध्रुब केसी, ठकुरी समाजका पुर्व अध्यक्ष नगेन्द्र ध्वज ठकुरी, कोसेलीका मदन थापा, सुर्य नेम्वाङ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

यसअघि संस्थाका अध्यक्ष हरिसिंह थापाको अध्यक्षतामा सम्पन्न साधारणसभामा महासचिव शुरेसजंग शाहले वर्षीक प्रगती प्रतिवेदन पेश गरेका थिए भने उपाध्यक्ष वीरेन्द्र कुंवरबाट आर्थिक प्रतिवेदन प्रस्तुत भएको थियो ।

नवनिर्वाचित कार्यसमिति र निर्वाचन प्रकृयामा सहयोग पुर्‍याउने निर्वाचन अधिकृत कृष्ण भट्ट लगायतलाई प्रमुख अतिथि कार्यबहाक राजदुत क्षेत्रीले खादा लगाइ प्रशंसापत्र वितरण गरेका थिए । त्यस्तै परिषद्लाई विशेष सहयोग गर्नुहुने महानुभावहरुलाई पनि क्षेत्रीले सम्मान गरेका थिए ।

नेपाली भाषा र साहित्यको विकास गर्ने उदेश्यले वि. सं २०५१ मा स्वर्गिय कवि इश्वर मानन्धरको अध्यक्षतामा नेपाली साहित्य विकास परिषद् युकेको स्थापना भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि