छोरी बलात्कारका आरोपी पक्राउ

२० चैत्र २०७०, बिहीबार ०८:१४ मा प्रकाशित


दोलखा, २० चैत । रामेछाप घर भई दोलखा सदरमुकाम चरिकोटमा होटेल व्यवसाय गर्दै आएका एक पुरुष छोरी बलात्कारको आरोपमा पक्राउ परेका छन् । उनले दुई वर्षदेखि बलात्कार गर्ने गरेको आरोप छ ।

चरिकोट बजारमा होटेल व्यवसाय गर्दै आएका ३७ वर्षीय पुरुषलाई १७ वर्षीया छोरी दुई वर्षदेखि बलात्कार गरेको अभियोगमा पक्राउ गरेको दोलखा प्रहरीले जनाएको छ ।

दुई छोरी र छोरालाई चरिकोटमा राखेर होटेल व्यवसाय गर्दै आएका ती पुरुषले धाकधम्की देखाई जेठी छोरीलाई बलात्कार गर्ने गरेका थिए । पछिल्लोपटक सोमबार राति कुटपिट गरेपछि पीडित किशोरीले बाबुले बलात्कार गर्ने गरेको खुलासा गरेकी थिइन् ।

गाउँबाट आमा चरिकोट आएकै दिन कुटपिट भएपछि ती किशोरीले आफू दुई वर्षदेखि बाबुबाट बलात्कृत भएको बताएकी हुन् । त्यसलगत्तै आमाको सल्लाहअनुसार पीडित किशोरीले जिल्ला प्रहरी कार्यालय दोलखामा उजुरी गरेपछि प्रहरीले ती पुरुषलाई मंगलबार पक्राउ गरेको हो ।

पक्राउ परेकालाई अदालतमा म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको दोलखा प्रहरीले जनाएको छ । कक्षा ८ मा अध्ययन गर्दादेखि बाबुबाट बलात्कारको सिकार भएको उनले बयान दिएको प्रहरीले जनाएको छ । पीडित किशोरीले यो वर्ष एसएलसी परीक्षा दिएकी छिन् ।

श्रीमती गाउँमा बस्ने भएका कारण डर त्रास देखाई ती पुरुषले आफ्नै छोरीलाई बलात्कार गर्दै आएका थिए । पीडित किशोरीको मेडिकल रिपोर्टले समेत उनी बलात्कारको सिकार भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पुरुषले प्रहरीसँग साबिती बयान दिएको र उनीविरुद्ध जबर्जस्ती करणी र हाडनाता करणी उद्योगअन्तर्गत दुईवटा मुद्दा चलाउने तयारी भइरहेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण