दुई केन्द्रका सबै परीक्षार्थी अनुत्तीर्ण

२० चैत्र २०७०, बिहीबार ०६:५६ मा प्रकाशित


काठमाडौं, २० चैत । शिक्षक सेवा आयोगले लिएको परीक्षामा धनकुटा र तेह्रथुमका एक–एक गरी दुई परीक्षा केन्द्रका सबै परीक्षार्थी अनुत्तीर्ण भएपछि चरम लापरबाही र अनियमितता गरिएको भन्दै अख्तियारमा उजुरी परेको छ ।

पीडित परीक्षार्थीले ती केन्द्रका सबै उत्तरपुस्तिका गायब बनाइएको भन्दै निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गर्दै मंगलबार अख्तियारमा उजुरी दिएका हुन् । परीक्षाको नतिजा प्रकाशन गर्दा चरम लापरबाही र अनियमितता भएकाले प्राथमिक तहको नतिजा प्रकाशन गर्न तत्काल रोक्नुपर्ने माग उनीहरूको छ ।

आयोगले पूर्वाञ्चलका धनकुटा, तेह्रथुम, सुनसरी र भोजपुरका विभिन्न केन्द्रमा ११ जेठ ०७० मा लिएको प्राथमिक तहको लिखित परीक्षाको नतिजा गत १६ चैतमा प्रकाशन गरेको थियो ।

सो परीक्षामा खुलातर्फमा सहभागी भएका धनकुटाको एउटा केन्द्रका पाँच सय ९३ जना र तेह्रथुमको सिंहबाहिनी मावि केन्द्रका चार सय तीनजना सबै अनुत्तीर्ण भएका थिए ।

पीडित परीक्षार्थीका अनुसार धनकुटाको एउटा केन्द्रबाट सहभागी भएका खुलातर्फका रोल नं। ०७३५०००६१८ देखि ०७३५००१२११ सम्मका पाँच सय ९३ जना सबै अनुत्तीर्ण भएका छन् । यस्तै तेह्रथुमको एउटा केन्द्रमा रोल नं। ०६३५०००३९९ देखि ०६३५०००८०२ सम्मका चार सय तीनजना सबै अनुत्तीर्ण भएका छन् । यी दुवै केन्द्रको सबै उत्तरपुस्तिका गायब पारिएको पीडितको दाबी छ । धनकुटामा एक हजार आठ सय ५१ र तेह्रथुममा एक हजार चार सय २० परीक्षार्थी सो परीक्षामा सहभागी भएका थिए ।

अख्तियारमा दिइएको उजुरीमा शिक्षक सेवा आयोगले दुईवटा केन्द्रका सबै उत्तरपुस्तिका गायब पारेपछि आफूहरूजस्ता मिहिनेत गर्ने र स्वच्छ प्रतिस्पर्धामा विश्वास गर्ने आमनेपालीको आत्मबल खस्किई देशका लागि केही गरौँला भन्ने भावनामा गम्भीर कुठाराघात भएको उल्लेख छ ।

शिक्षक सेवा आयोगले यसअघि काठमाडौंको मावितर्फको लिखित नतिजामा पनि यस्तै गम्भीर त्रुटि र अनियमितता गरेकोमा पछि सच्याएको थियो । आयोगले हाल अन्य जिल्लामा लिइएका परीक्षाको नतिजा पनि धमाधम निकालिरहेको छ । ती परीक्षामा पनि यस्तै खालका त्रुटि र अनियमितता रहेको पीडित परीक्षार्थीको आरोप छ ।

त्रुटि भएको छैन : आयोग

शिक्षक सेवा आयोगका प्रशासन प्रमुख सहसचिव खगेन्द्र नेपालले सबै केन्द्रको एकीकृत मेरिट लिस्ट बनाइएको र सोअनुसार ती दुवै केन्द्रका परीक्षार्थी उत्तीर्ण हुन नसकेको दाबी गरे । ‘हामीले त्यस्तो कुनै त्रुटि गरेका छैनौँ उहाँहरू मेरिट लिस्टमा पर्न नसक्नुभएकाले नाम ननिस्किएको हो,’ प्रशासन प्रमुख नेपालले भने । उनले ती केन्द्रका उत्तरपुस्तिका गायब नपारिएको र सबै उत्तरपुस्तिका आयोगमा सुरक्षित रहेको दाबी गरे । ती केन्द्रबाट समावेशी कोटामा परीक्षा दिएकाहरू उत्तीर्ण भएकाले कापी गायब पारिएको भन्ने भनाइ असत्य रहेको उनले बताए ।

अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले उजुरीबारे गम्भीरतापूर्वक छानबिन गर्ने बताए । ‘सयौँ परीक्षार्थीको भविष्यको विषय भएकाले हामी गम्भीरतापूर्वक छानबिन गर्छौँ,’ प्रवक्ता सापकोटाले भने । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार