पाँचथर सेवा समाजले सरिता डिसीलाई आर्थिक सहयोग गर्ने

१८ बैशाख २०६९, सोमबार १९:०८ मा प्रकाशित

तिलविक्रम थेवे, दोहा, १८ वैशाख । वर्षिया बर्दियाकी बिरामी बालिका सरिता डिसी बचाउ आर्थिक अभियानमा संकलन भएको रकम ७५०० रियाल, पाँचथर सेवा समाज दोहा कतारले सरिता डिसीको थप उपचारको लागि पत्रकारहरुको उपस्थितिमा काठमाडौंमा हस्तान्तरण गर्ने भएको छ ।

दोहामा पत्रकारहरुलाई जानकारी दिदैं समाजका पदाधिकारीहरुले सरिता डिसी बचाउ अभियानका आर्थिक रकम संकलन गर्ने अभियानका लागि समाजका सबै पदाधिकारीहरुले अत्यन्त मेहनत गर्नका साथै संकलित रकम ८११३ रियालमध्ये समाजले ७५०० रियाल हस्तान्तरण गर्ने निर्णय गरेको जनाएको छ ।

समाजका सल्लाहकार सुजन सुव्वा मार्फत काठमाडौंमा रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी दिदै समाजका संरक्षक हिमाल मैनालीले समाजले आफ्नो जिल्ला पाँचथर लगायत अन्य जिल्लाको लागि पनि सामाजिक सेवाभावका कामहरु गर्न समाज सदैव तयार रहेको बताए ।

समाजका अध्यक्ष छविरमण कटुवालले कतारबाट सरिता डिसीको लागि संकलन गरिएको रकम अहिलेसम्मकै अधिक भएको र नेपालीमात्र नभएर मानविय हिसावले भारतिय, वंगाली, श्रीलंकन समेतले आर्थिक सहयोग गरेको बताए । थोपाथोपा मिलेर नदी बनेझै १ रियालदेखि ३०० रियल भन्दा बढी दिने सहयोगी हातहरु भेटीएकोमा सबैलाई धन्यवाद दिदै यो अभियान सोही दिनदेखि स्थगित गरिएको समेत जानकारी दिएका थिए ।

आर्थिक सहयोगको रसिद प्याडहरु मध्ये भूलबश दईओटा प्याड हराइरहेकामा यदी कसैले त्यो प्याड भेटाएमा समाजलाई फिर्ता गरी दिनुहुन अनुरोध समेत गर्दै अब आर्थिक संकलन अभियान बन्द गरिसकिएको अवस्थामा यदी कोही कसैद्धारा सो प्याडहरु दुरुपयोग गरिएको भेटिएमा समाजले सख्त कारवाई गर्ने समेत जानकारी दिदै बाकी प्याडहरु पत्रकारहरुको उपस्थितिमा रद्द गरिएका थिए ।

सो अवसरमा समाजका सल्लाहकार तथा एनआरएनए सदस्य जीतेन भण्डारी, सल्लाहकार दिलीप मैनाली तथा सन्तोष गौतम रहेका थिए भने राजधानी साप्ताहिक, ऐक्यवद्धता मासिक तथा सोलिडेरीटीखवर डट कम अनलाइनका पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न