धावक सन्जय पण्डीतद्वारा किलीमन्जारो हिमालको सफल आरोहण

२० चैत्र २०७०, बिहीबार ०२:०५ मा प्रकाशित

काठमाडौं, २० चैत्र । लामो दुरीका धावक सन्जय पण्डीतले संसार प्रसिद्द सात उच्च हिम सृंखला मध्यको अफ्रिकाको माउन्ट किलीमन्जारो हिमालको सफल आरोहण गरेका छन । अफ्रीकी मुलुक तान्जानियामा रहेको यो हिमश्रृखला आरोहीको आकर्षणको केन्द्रबिन्दुपनि हो । सन्जयले मंगलबार सफल आरोहण  गरेका थिए। यसअघि सर्बोच्च शिखर सगरमाथा र कन्चनजंघाको समेत सफल अरोहण गरिसकेका सन्जय लामो दुरीका चर्चित धावक पनि हुन । माउन्ट किलिमन्जारोको सफल अरोहणपछि सन्जयले आफुलाई सहयोग गर्ने सबै निकायलाई धन्यबाद ब्यक्त गरेका छन । उनले आगामी दिनमा बिश्वका चर्चित आठ हजार मिटर मािथका सबै श्रृखंलामाथि विजय प्राप्त गर्ने आफ्नो लक्ष्य रहेको सुनाए । उनले चुचुरोमा बिभिन्न सहयोगी संघ ,संगठनको झन्डा समेत प्रर्दशन गरेका थिए ,। जसमा बिश्व खेलुकद पत्रकार महासंघ(एआइपीएस) लगायतका सहयोगी संस्था रहेका थिए । माउन्ड किलिमन्जारो १९ हजार तिन सय ४२ फीट अग्लो हिमाल हो । यस हिमाललाई अफ्रीकाको शिर पनि भनिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

आजको प्रमुख समाचार