ब्यवहारिक रुपमा सच्चिएमा पार्टी एकता संभवः थापा

१९ चैत्र २०७०, बुधबार २२:११ मा प्रकाशित

काठमाडौ, १४ चैत । नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले एमाओवादीले वर्ग दृष्टिकोण र राष्ट्रियता बारे ब्यवहारिक रुपमा सच्चिएमा पार्टी एकता संभव भएको बताएका छन् । संवाद डवलीले आज (बुधबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘उहाँहरु सच्चिनु भयो भने एकताको आधार तयार हुनेछ ।’

उनले भर्खरै दुई माओवादी पार्टीबीच जनयुद्धकालीन मुद्दा र स्थानीय चुनावको विषय साझा भएकाले सहकार्य गरिरहेको पनि बताए । मिडियाकै कारण पार्टीहरुमा कसैलाई गरम र कसैलाई नरम बनाउने कार्य भईरहेकोमा अचम्म मान्न नसकिने दावी गर्दै भने, ‘त्यो त मिडियाको वर्ग चरित्र अनुसार काम गर्ने न हो ।’

आफुहरुको फुटले विरोधीहरुको हालीमुहाली भएको र त्यसलाई उल्ट्याउन वामपन्थी र गैरवामपन्थी शक्तिलाई एक बनाउन पर्नेमा जोड दिदै उनले दोस्रो संविधानसभाले निकास नभई विनास ल्याउने आधार तय गरेको पनि दावी गरे । उनको जोड छ, ‘अहिलेको निकास सर्वपक्षीय राजनीतिक सम्मेलन गरेर मात्र हुन सक्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र