चिलीको भूकम्पमा पाँचको मृत्यु

१९ चैत्र २०७०, बुधबार १७:४० मा प्रकाशित

सान्टीयागो, १९ चैत । उत्तरी चिलीको तटीय क्षेत्रमा मङ्गलबार राति शक्तिशाली भूकम्पमा परी पाँच जनाको ज्यान गएको गएको समाचार छ ।

सो भूकम्प ८.२ रेक्टर स्केल मापन गरिएको पनि समाचारमा जनाइएको छ । सो भूकम्पमा परी पाँच व्यक्तिको मृत्यु भएको सरकारी स्रोतले जानकारी बुधबार बिहान जानकारी दिएको हो ।
स्थानीय समयाअनुसार मङ्गलबार रातिको ८ : ४६ बजे गएको सो भूकम्पको केन्द्रबिन्दु इक्वीकीएदेखि ८३ किलोमिटर टाढा उत्तरी चिलीको तटीय क्षेत्रमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ ।

सो भूकम्पको क्षतिको बारेमा थप र विस्तृत विवरण आइसकेको छैन । सरकारी अधिकारीहरुले उद्वारको कार्य जारी रहेको बताएका छन् ।

अधिकारीहरुले उक्त भूकम्प निकै नै शक्तिशाली भएकोले क्षतिको पनि बढी नै अनुमान लगाएका समाचारमा जनाइएको छ । एएफपी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा

काठमाडौँ । रुस र युक्रेनबीचको युद्ध सुरु भएको चार महिनाभन्दा बढी भइसकेको छ । यस अवधिमा पहिलो पटक रूसले युक्रेनमा

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस

एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको

आजको प्रमुख समाचार