अमेरिकाद्वारा युक्रेनलाई सहायता, रसिायालाई नाकाबन्दी

१९ चैत्र २०७०, बुधबार १७:२८ मा प्रकाशित

वासिङ्टन, १९ चैत । संयुक्त राज्य अमेरिकाको राष्ट्रिय काँग्रेसले रसियामाथि नाकाबन्दीको प्रस्ताव पारित गरेको समाचार छ ।

प्राप्त समाचारअनुसार अमेरिकी प्रतिनिधिसभाको मङ्गलबारको बैठकले सो प्रस्ताव सजिलै पारित गरेको जनाइएको छ ।

हालैका दिनमा युक्रेनमा जारी रहेको राजनीतिक विवादका कारण अमेरिका रसिया सम्बन्धमा दरार उत्पन्न भइरहेको छ ।

पर्यवेक्षकहरुले सोही असहज राजनीतिक परिस्थितिको उपजका रुपमा उक्त निर्णय आएको एक उदाहरणका रुपमा यसलाई विश्लेषण गरेका छन् ।

मङ्गलबारको बैठकले नै युक्रेनलाई सहयोगको प्रस्ताव पनि पारित गरेको थियो । युक्रेनलाई निकै ठूलो मात्रामा सहायता र अनुदान पनि सो प्रस्तावमा गरिएको छ ।

अमेरिकी काँग्रेसले मङ्गलबार सजिलैसँग ती प्रस्तावहरु पारित गरेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सञ्चारमाध्यमहरुका अनुसार अमेरिकी काँग्रेसमा ती प्रस्तावहरुमा मतदान नै भएको प्रस्तावका पक्षमा ३७८ मत परेका थिए ।

ती प्रस्तावको विपक्षमा पनि मत परेको बताइएको छ । ३४ मत ती प्रस्तावका विपक्षमा परेको अधिकारीहरुले जनाएका छन् ।

युक्रेनलाई वर्तमानका लागि केही सहायता र करिब एक अर्ब अमेरिकी डलर बराबर ऋण सहायता प्रदान गरिएको बताइएको छ ।

ती प्रस्तावमा अब अमेरिकी राष्ट्रपति बाराक ओबामाले प्रमाणीकरण गर्नुपर्ने छ । सो हस्ताक्षरपछि ती प्रस्ताव लागु हुने छन् ।

युक्रेनमा राजनीति विद्रोह भएपछि केहीदिनमात्र अघि युक्रेनको एक प्रायद्वीप क्रिमिया रसियामा बिलय भएको छ । सोही कारण हाल विश्वमा थप विवाद उत्पन्न हुन गएको छ ।

क्रिमियालाई रसियामा विलय गराएको घटनाको संयुक्त राज्य अमेरिकाले व्यापक रुपमा विरोध गरेको थियो । सोही घटनापछि अमेरिका रसियाको सम्बन्ध चिसिँदै गएको छ ।

अमेरिकाको संसद काँग्रेस र सिनेट दुवैले रसियाको उक्त प्रक्रियाको व्यापक मात्रामा विरोध गर्ने गरेका छन् ।

मङ्गलबार मात्र सो प्रस्ताव पारित भएपछि अमेरिकी काँग्रेसका सभामुख जोन बाहनरले भन्नुभयो– अमेरिकी काँग्रेस र सिनेट यतिखेर युक्रेनका नागरिकको पक्षमा रहेका छौँ ।

यस समय युक्रेनका नागरिकलाई सहयोग गर्ने समय भएकोले अमेरिकी नागरिक र सरकार उनीहरुको सहयोगको पक्षमा रहेका पनि उहाँले प्रतिक्रिया दिनुभयो ।

उक्त प्रस्तावको अमेरिकी राष्ट्रपति बाराक ओबामाले स्वागत गर्नुभएको छ । उहाँले भन्नुभएको छ– अमेरिकी सहयोगले युक्रेनलाई आर्थिक विकास गरी पहिलाको अवस्थामा फर्किन सहयोग पुग्ने छ । एएफपी

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध सुरु गर्ने थिएनन्, बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन्

वोगोटा । दक्षिण पश्चिमी कोलम्बियाको एउटा कारगारमा दंगा सुरु भएपछि आगलागी हुँदा ४९ जना कैदी मारिएका छन् । अरु ३०

किभ । रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा परी युक्रेनको पोल्तावा सहरस्थित औद्योगिक क्षेत्रमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । क्रेमेन्चुक

मस्को । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी पत्नी र छोरीलाई रुस भ्रमणमा प्रतिबन्ध लगाइएको छ । मस्कोले अन्य २३