पूर्व कर्मचारी पत्रकारको अबरोध पछि अबरुद्ध प्रशारण सुचारु

१९ चैत्र २०७०, बुधबार १६:४८ मा प्रकाशित


काठमाडौं, १९ चैत । पूर्व कर्मचारी पत्रकारहरुको अबरोध पछि बन्द रहेको नेपालवाणी नेटवर्कको प्रशारण सुचारु भएको छ ।
आन्दोलनरत पूर्व कर्मचारी पत्रकार, व्यवस्थापन पक्षबाट दामोदरप्रसाद दवाडी, प्रदीप घिमिरे र ऋषि धमलाबीच आज (बुधबार) काठमाडौंमा भएको वार्तामा नेटवर्कको प्रशारण शुरु गर्ने सहमति भएको हो ।
पूर्व कर्मचारी पत्रकार र व्यवस्थापनबीच तीन बुँदे सहमति भएको धमलाले बताए । सहमति अनुसार व्यवस्थापनले चैत २६ गते भित्र भुक्तानी गरिसक्न पर्ने छ ।
पूर्व कर्मचारी पत्रकारहरुले विभिन्न माग राखेर विगत पाँच दिनदेखि नेटवर्कको प्रशारण ठप्प बनाएका थिए । नेटवर्कको प्रशारणमा अबरोध पुराए पछि आन्दोलनरत पूर्व कर्मचारी पत्रकारहरुको आलोचना समेत भएको थियो ।
पूर्व कर्मचारी पत्रकारहरुको अबरोधले मुलुक भरिका एक सय भन्दा बढी रेडियोमा प्रशारण हुने नेटवर्कको प्रशारण ठप्प भएको थियो ।
बाँकी रहेको तलब, भत्ता पाउनु पर्ने माग राखेर शम्भु रेग्मी, टंक खनाल, धिरज बस्नेत, सिन्धु ढकाललगायतका पूर्व कर्मचारी पत्रकारहरु आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता

विराटनगर । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

आजको प्रमुख समाचार