‘निजी शैक्षिक संस्था’ पोस्ने प्रध्यापक कारबाहीको दायरामा

१९ चैत्र २०७०, बुधबार २०:३० मा प्रकाशित


काठमाडौं, १९ चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विश्वविद्यालयको तलब खाएर बिना स्वीकृति निजी शैक्षिक संस्थाहरुमा पढाइरहेका १ सय ४ जना प्राध्यापकसँग स्पष्टीकरण सोधेको छ ।
त्रिविका शिक्षाध्यक्ष प्रा.गुणनिधि न्यौपाने संयोजक रहेको अनुगमन समितिको सुझाव अनुसार त्रिवि प्रशासनले बिना स्वीकृति निजी शैक्षिक संस्थाहरुमा पढाउने प्रध्यापकहरुसँग स्पष्टीकरण लिएको जनाएको छ ।
त्रिविको सेवा सुविधा लिएर निजी शैक्षिक संस्थाहरुमा काम गरेको भन्ने उजुरी आएपछि विश्वविद्यालयका अनुगमन समिति गरेको थियो ।
विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पस एवम् अनुसन्धान केन्द्रका प्राध्यापकबारे अध्ययन गरेकोमा १ सय ४ जना प्राध्यापकबिना अनुमति निजी शैक्षिक संस्थामा पढाउने गरेको प्रतिवेदन देखाएको थियो ।
समितिका सदस्यसचिव विष्णुकुमार मादेनले विश्वविद्यालयको नियमअनुसार विश्वविद्यालयको सेवा सुविधा लिएका प्राध्यापकले विश्वविद्यालयको बिना पूर्व स्वीकृति निजी शैक्षिक संस्थामा पठनपाठन गर्न नहुने उल्लेख रहेको बताए । उनले अनुगमनका क्रममा १ सय ४ जना प्राध्यापकहरु पूर्व स्वीकृतिबिना नै निजी शैक्षिक संस्थामा पढाइरहेको भेटिएको जानकारी दिए ।
अनुगमनबाट संकलित नामावलीहरु त्रिवि कार्यकारी परिषदमा समितिले पेस गरेकोमा त्यसअनुरुप त्रिवि सामान्य प्रशासन महाशाखाले अनुसन्धानको प्रक्रिया अघि बढाइसकेको छ ।
महाशाखाका प्रमुख भोला ढकालका अनुसार अनुगमन समितिबाट सिफारिस भएका १ सय ४ जना प्राध्यापकसँग विश्वविद्यालयले स्पष्टीकरण मागेको त्रिविले जनाएको छ ।
स्पष्टीकरणका आधारमा आवश्यक कारबाहीबारे विश्वविद्यालयले निर्णय लिने मादेनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा