नयाँ संविधानका लागि दलीय सहमति अनिर्वाय : देउवा

१९ चैत्र २०७०, बुधबार १६:३० मा प्रकाशित


नेपालगन्ज, १९ चैत । कांग्रेसका नेता शेरबहादुर देउवाले दलीय सहमति विना एक बर्षमा संविधान निर्माण हुन नसक्ने बताएका छन् ।
नेपालगञ्जमा आज (बुधबार) आयोजित कार्यक्रममा नेता देउवाले कांग्रेसको बहुमत नभएकाले अन्य दलहरुको सहमति बनाएर संविधान निर्माण गर्नुपर्ने बताए ।
‘प्रमुख राजनीतिक दल बीचको सहमति बिना नयाँ संविधान बनाउन सकिँदैन,’ उनले भने, ‘कांग्रेसको बहुमत नभएकाले सहमतीय राजनीतिलाई ध्यान दिनु पर्छ ।’
उनले स्थानीय निकायको निर्वाचनका लागि पनि दलीय सहमति आवश्यक रहेको बताएका छन् । दातृ निकायहरु समेत स्थानीय निकायको निर्वाचन छिटो होस भन्ने पक्षमा रहेको उनले बताए ।
नेता देउवाले एमाओवादी सहित प्रमुख दलहरुबीच सहमति हुन नसक्दा स्थानीय निर्वाचनमा समस्या आएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

कोरोना महामारीका कारण अहिले धेरैजसो चिजबस्तुहरुको खरिद विक्री अनलाईनबाटै हुन थालेको छ । थुप्रै ब्यापारिक अनलाईन साइटहरु पनि सञ्चालनमा आएका

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद