प्रधानमन्त्रीको छाती फराकिलो हुनु पर्छ : नेपाल

१९ चैत्र २०७०, बुधबार १४:१५ मा प्रकाशित


धादिङ, १९ चैत । एमाले वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री सुशील कोइरालाको फराकिलो छाती नरहेको टिप्पणी गरेका छन् ।
प्रेस चौतारी धादिङले आज (बुधबार) विहान धादिङबेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले प्रधानमन्त्री कोइराला ठूलो छाती बनाएर अगाडि बढ्नु पर्ने बताए ।
‘प्रधानमन्त्री न्यून गति, आट कम, संक्रिण सोँच र फराकिलो छाती छैन,’ उनले भने, ‘यी कुराहरुबाट सरकार र स्वयं प्रधानमन्त्री मुक्त हुनुपर्छ ।’ उनले सबै संकुचित कुराबाट मुक्त भए पछि मात्रै सरकार सफल हुने बताए ।
नेता नेपालले संविधान निर्माणको ८० प्रतिशत भन्दा बढी काम सकिएको दाबी गरे । ‘संविधान निर्माणबारे संघीयता र शासकीय स्वरुपमा मुख्य विवाद छ,’ उनले भने ।
गहकिला र महत्वपूर्ण बाहेक अन्य काम पहिलो संविधान सभाबाट टुंङ्गो लागेको उनले बताए । विवादित विषयमा पनि राजनीतिक संवादबाट सहमति खोजिने नेता नेपालको भनाई छ ।
उनले स्थानीय निकायको निर्वाचन घोषणा गर्न प्रधानमन्त्री कोइरालाले ढिला गर्न नहुने बताए । ‘प्रधानमन्त्रीले अरु पार्टीले मान्दैनन भनेर निर्यता देखाउने होइन,’ उनले भने, ‘चुनाव गराउन प्रधानमन्त्रीको खुट्टा दरो गराउनु पर्छ ।’
नेता नेपालले संविधानसभा चुनावमा पराजय भोगेकाहरु चुनाव भने पछि डराएको आरोप पनि लगाए । ‘पराजय भोगेकाहरु चुनावबाट भाग्न चाहेका छन्,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र