‘स्थानीय निर्वाचन र संविधान निर्माणसँगै जान सक्दैनन्’

१९ चैत्र २०७०, बुधबार ११:३६ मा प्रकाशित


दाङ, १९ चैत । विपक्षी दल एमाओवादीका नेताहरुले स्थानीय निकायको निर्वाचन र नयाँ संविधान निर्माणको प्रक्रिया सँगसँगै अगाडि बढ्न नसक्ने बताएका छन् ।
उनीहरुले स्थानीय निर्वाचनलाई तत्काल गर्न सम्भव नरहेको बताए । एमाओवादीले आफ्नो घोषणा पत्रमा स्थानीय निकायको निर्वाचन गर्ने जनाए पनि पछिल्लो समयमा निर्वाचनको बिरोध गर्दै आएको छ ।
रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले आज (बुधबार) तुलसीपुरमा आयोजना गरेको साक्षत्कारमा एमाओवादीका केन्द्रीय सदस्य लोकेन्द्र बिष्टमगरले स्थानीय निकाएको निर्वाचन र संविधान निर्माण प्रकृया संगैसंगै जान नसक्ने बताएका हुन् ।
‘अहिले नै स्थानीय निकाएको कुरागर्दा संविधान निर्माणको अर्जुन दृष्टिबाट दलहरु चुक्न सक्छन्,’ उनले भने, ‘सस्तो लोकप्रियताका लागि दलहरुले सबै क्षेत्रमा दृष्टि लगाउन नहुँदैन ।’
उनले राज्य पुनःसंरचनापूर्व स्थानीय निकाएको निर्वाचन गर्न नहुने बताए ।
केन्द्रीय सदस्य कुवेर ओलीले एमाओवादी भित्रको बैचारिक मत भिन्नतालाई अन्यथा लिन नहुँने बताए ।
‘एउटा जीवन्त पार्टी भित्र बैचारिक मत भिन्नता हुनु सामान्य हो,’ उनले भने, ‘नेतृत्व बीच युद्धकालदेखि नै मत भिन्ता रहँदै आएकाले पार्टीको नीति परिमार्जन आवश्यक भएको छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र