वेस्ट-इन्डिज अन्तिम चारमा

१९ चैत्र २०७०, बुधबार ११:०८ मा प्रकाशित

एएफपी

ढाका, १९ चैत । डिफेन्डिङ च्याम्पियन वेस्ट-इन्डिज ट्वान्टी-ट्वान्टी विश्वकपका सेमिफाइनलमा मंगलबार प्रवेश गरेको छ । उसले सुपर टेनको महत्त्वपूर्ण खेलमा पाकिस्तानमाथि ८४ रनको जित निकाल्यो ।

वेस्ट-इन्डिजले पहिले ब्याटिङ गर्दै ६ विकेट क्षतिमा १ सय ६६ रन बनायो । उसले पाकिस्तानलाई १७ ओभर ५ बलमा ८१ रनमै सीमित पार्‍यो । सेमिफाइनलमा वेस्ट-इन्डिजको भेट बिहीबार श्रीलंकासँग हुनेछ । अर्को सेमिफाइनलमा शुक्रबार भारत र दक्षिण अपिका भिड्नेछन् ।

प्रतियोगिताअघि बलियो मानिएको अस्ट्रेलियाले बंगलादेशविरुद्ध मंगलबार सात विकेटको सहज जित हासिल गरेको छ । बिर्सनलायक प्रदर्शन गरेको उसले लगातार तीन हारपछि पहिलो विजय प्राप्त गरेको हो ।

प्रारम्भिक ब्याट्सम्यान आरोन फिन्चले ४५ बलमा ७१ रन तथा डेविड वार्नरले ३५ बलमा ४८ रन बनाएपछि अस्ट्रेलियाले १ सय ५४ रनको लक्ष्य १७ ओभर ३ बलमा पूरा गरेको थियो ।

अस्ट्रेलिया र आयोजक बंगलादेशले सुपर टेनको समूह टुमा तीनवटै खेल गुमाएका थिए । त्यसैले उनीहरूबीचको प्रतिष्ठाको लडाइँ रहेको थियो । दुवै टिम यसअघि नै सेमिफाइनल पुग्न असफल भएका थिए ।

अल अमिन हुसेनले बोल्ड गर्नु अघि फिन्चले चार छक्का र सात चौका प्रहार गरेका थिए । हुसेनले ३० रन खर्चेर दुई विकेट लिए । वार्नरले पनि तीन छक्का र पाँच चौका लिएका थिए । नटआउट १८ रन बनाएका क्यामरुन ह्वाइटले चौका र छक्का प्रहार गर्दै जित दिलाएका थिए । अस्ट्रेलियन कप्तान जर्ज वेली नतिजाबाट सन्तुष्ट देखिए । ‘आज सबै हामीले सोचेजस्तो भयो,’ वेलीले भने, ‘हामीले अरू खेलमा राम्रो गर्न सकेनौं ।’

बंगलादेशका कप्तान मुस्पिmकर रहिमले भविष्यमा टिमको प्रदर्शन अझ राम्रो हुने बताए । ‘यो प्रतियोगिताबाट केही सकारात्मक संकेत देखिएको छ, तर विश्वकपमा टिमले अझ राम्रो गर्नुपर्ने थियो,’ उनले भने । उनले दर्शक र समर्थकलाई धन्यवाद दिँदै छिट्टै उनीहरूको विश्वासलाई पूरा गर्ने बताए ।

पहिले ब्याटिङ गरेको बंगलादेशले पाँच विकेट क्षतिमा १ सय ५३ रन बनाएको थियो । उसका लागि सकिव अल हसनले ५२ बलमा ६६ रन बनाए । उनको अन्तर्राष्ट्रिय ट्वान्टी-ट्वान्टीमा यो चौथो अर्धशतक हो ।

त्यस्तै यस प्रतियोगितामा कुनै पनि बंगलादेशी ब्याट्सम्यानले प्रहार गरेको पहिलो अर्धशतक पनि हो । सकिवले तेस्रो विकेटका लागि रहिमसँग १ सय १२ रनको साझेदारी गरेका थिए । सुधारिएको ब्याटिङ प्रदर्शन गरेको बंगलादेशका लागि रहिमले ४७ रन बनाए ।

यो अन्तर्राष्ट्रिय ट्वान्टी-ट्वान्टीमा बंगलादेशले तेस्रो विकेटका रूपमा गरेको कीर्तिमानी साझेदारी पनि हो । वंगलादेशले प्रारम्भिक ब्याट्सम्यान अनामुल हकलाई शून्य र तमिम इकवाललाई ५ रनमा गुमाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बागलुङ । अब शायदै भलिबल कोर्टमा देखिने छन्, राजु विक । देशका लागि प्रतियोगिता खेल्न नपाए पनि भलिबलप्रेमीले भने उनलाई

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता र त्यसको तयारीका लागि क्यानडा भ्रमणमा निस्कने नेपाली राष्ट्रिय पुरुष क्रिकेट

काठमाडौँ । एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्किएको छ । मलेसियामा भएको उक्त

काठमाडौँ । भारतले आयरल्याण्डविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न सिरिजको पहिलो खेलमा भारतले आयरल्याण्डलाई ७ विकेटले