अपराधी चरित्रका एमालेका गुण्डा पर्शुराम बस्नेत तारेखमा रिहा

१८ बैशाख २०६९, सोमबार १८:४८ मा प्रकाशित

काठमाडौं, १८ वैशाख । पत्रकार खिलानाथ ढकाललाइ आक्रमणका गर्ने गुण्डा समूहका नाइके एबम एमाले युवा संघ मोरङका उपाध्यक्ष पर्शुराम बस्नेतलाई सोमबार जिल्ला अदालतले सादा तारेखमा छाड्ने निर्णय गरेको छ ।

ढकालमाथि आक्रमण गरेर फरार रहेका अपराधिक चरित्रका बस्नेतले सोमबार बिहान ११ बजे अदालतसामू आत्मसमर्पण गरेका थिए । बस्नेत अदालत पुग्दा ठूलो संख्यामा एमाले युवा संघका कार्यकर्ता पनि अदालतमा उपस्थित थिए ।

पत्रकार आक्रमणका मुख्य योजनाकार भनिएका अपराधिक चरित्रका बस्नेतलाई असार २२ गते पक्राउ गर्न जिल्ला अदालतले आदेश दिएको थियो । तर उनी एमालेको समरक्षणमा फरार बनाइएका थिए ।

आक्रमणमा संलग्न युवा संघका गुन्डाहरुमध्ये रोहित कोइराला पक्राउपछि छुटेका छन् भने अर्का गुन्डा मनोज राई कारागारमै रहेका छन् ।

बन्दी अभिषेक गिरीलाई अदालत परिसरमै आक्रमण गरेको मुद्धमा भने गुण्डा बस्नेतलाई दुई लाख रुपैयाँ धरौटी लिएर छाडिएको छ । पत्रकार आक्रमण र अदालत परिषरमै बन्दी माथि गरिएको आक्रणम दुवै दुद्दामा सोमबार नै बयान सुनुवाई गरिएको थियो ।

आदेश अनुसार पक्राउ आदेश जारी गरेका अभियुक्त स्वयं अदालतमा उपस्थित भएकाले अबको कारबाही अदालत तजविजीमा हुन्छ । उनलाई अदालतले तारेखमा पनि राख्छ सक्छ वा पुर्पक्षका लागि थुन्न पनि सक्छ । तर उनीमाथि अरु पनि आरोप रहेकाले प्रहरीले पक्राउ गर्ने सम्भावना छ । पर्शुराम अदालत आउदा प्रहरीको तैनाथ र सुरक्षा ब्यबस्था कडा पारिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको