प्रधानमन्त्री कोइरालाद्धारा साना दलहरुसँग परामर्श

१९ चैत्र २०७०, बुधबार १०:५९ मा प्रकाशित


काठमाडौं, १९ चैत । प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापालाई सरकारमा छिटो सहभागी हुन आग्रह गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (बुधबार) भएको भेटवार्तामा कोइरालाले सरकारमा सहभागी हुने मन्त्रीको नाम उपलब्ध गराउन अध्यक्ष थापासँग आग्रह गरेका हुन् ।
संविधानसभामा सहभागी र बाहिर रहेका दलहरू बीचको सहमति, सहकार्य र एकतामा सरकार अगाडि बढ्ने कोइरालाले बताएको प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिए ।
भेटवार्तामा संविधान निर्माण एवम् मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा पनि छलफल भएको थियो ।
अध्यक्ष थापाले संविधान निर्माणमा दलहरूका बीच एकता र सहकार्यको आवश्यकता भएको बताए । प्रधानमन्त्री कोइरालाले मंगलबार राप्रपाका नेता पशुपतिशम्शेर राणासँग पनि भेट गरेका थिए ।
प्रधानमन्त्री कोइरालाले आजै तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् । पत्रकारसँग कुरागर्दै तमलोपा अध्यक्ष ठाकुरले संविधान निर्माणका विषयमा छलफल भएको बताए ।
ठाकुरले स्थानीय निर्वाचन र संसदीय समितिहरूमा आफ्नो पार्टीका तर्फबाट रहने सांसदहरूको नामावली दिएको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र