मापदण्ड विपरीत चौबीसवटा इँटा उद्योग सञ्चालन

१९ चैत्र २०७०, बुधबार १०:४० मा प्रकाशित


महोत्तरी, १९ चैत । मापदण्ड पु-याउन पटकपटक दिएको आदेश अटेर गर्दै महोत्तरीमा सञ्चालित २४ वटा इँटा उद्योगलाई सरकारले कारबाहीको दायरामा ल्याउन सकेको छैन ।
सरकारी मापदण्ड विपरीत चलाइएका इँटा उद्योगहरुलाई मापदण्ड पु-याउन घरेलु तथा साना उद्योग महोत्तरीले पटकपटक निर्देशन दिए पनि उनीहरुले अटेर गर्दै आएका छन् ।
इँटा उद्योग राजनीतिक आडमा सञ्चालन भइरहेकाले कारबाहीमा ल्याउन नसकेको सरोकारवाला बताउँछन् ।
उद्योग सञ्चालक राजनीतिककर्मीले कारबाहीको साटो मापदण्ड पु-याउन अवधि बढाउन फोर्स गर्न भएकाले कारबाहीको साटो मापदण्डका लागि पटकपटक म्याद थप गरिरहेको स्थानीयको आरोप छ ।
उद्योगहरु प्रारम्भीक वातावरणीय मूल्यांकन (आइई) प्रमाणित नगरी सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख राजकुमार दासले बताए । उनले आइई प्रमाणितलगायतका दर्ता प्रक्रिया नै पूरा नगरी भट्टा सञ्चालन गर्नु गैरकानूनी भएको बताए ।
महोत्तरीका सहायक प्रमख जिल्ला अधिकारी र घरेलुको संयुक्त अनुगमन टोलीले अनुगमनका क्रममा इँटा उद्योगहरुले घरेलु तथा साना उद्योगमा दर्ता गराए पनि नियम विपरीत सञ्चालन गरिरहेको देखिएको बताएका छन् ।
घरेलु कार्यालयमा ४० वटा इँटा उद्योग दर्ता भए पनि २४ वटा इँटा उद्योगले आइई प्रमाणित नगरेको, ६ वटा इँटा उद्योग नवीकरण नगराएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । उनीहरुले भ्याटमा दर्ता नगराई करोडौँ राजस्व छलेको पाइएको छ ।
काली इँटा उद्योग, एमके इँटा उद्योग, धनज इँटा उद्योग, शिवदवी इँटा उद्योग, कनक इँटा उद्योग, जय बजरङ्गीबली इँटा उद्योग, रामजानकी इँटा उद्योग, ओम माहामाया इँटा उद्योग, मा दुर्गा इँटा उद्योग, सुरज इँटा उद्योग, जानकी इँटा उद्योग, ओम आरएस इँटा उद्योग , जय इँटा उद्योग, जयमा दुर्गा इँटा उद्योग, आरएमएम इँटा उद्योग, चाँद इँटा उद्योग, एसयू इँटा उद्योग, साथी फिक्स इँटा उद्योग, एमकेसी इँटा उद्योग, सीता इँटा उद्योग, तोहफा इँटा उद्योग, जय इँटा उद्योग, सिंह इँटा उद्योग र बाबा इँटा उद्योग गरी २४ वटाले मापदण्ड पु-याएका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

आजको प्रमुख समाचार