प्रहरीद्वारा ठूलो मात्रामा चरेस बरामद

१९ चैत्र २०७०, बुधबार १०:३२ मा प्रकाशित


वीरगन्ज, १९ चैत । मकवानपुरबाट वीरगन्ज आउँदै गरेको एक खाली ट्रकबाट प्रहरीले ठूलो मात्रामा चरेस बरामद गरेको छ ।
मंगलबार राति २५ किलो तौल बराबरको आठवटा पोकामा रहेको दुई क्विन्टल एक किलो चरेस बरामद गरेको जितपुर प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक अरुण कुसवाहाले जानकारी दिए ।
ना ३ ख ६३८० नम्बरको मिनी ट्रकको पछाडिको भागमा नक्कली सतह (फल्स फ्लोर) बनाएर सतहमुनि लुकाएर वीरगन्जतर्फ ल्याउँदै गरिएको अवस्थामा चरेससहितको ट्रक नियन्त्रणमा लिइएको हो ।
बरामद चरेसको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण