चितवनमा ठूलो परिमाणमा घरेलु मदिरा नष्ट

१९ चैत्र २०७०, बुधबार १०:०३ मा प्रकाशित

चितवन, १९ चैत । चितवन प्रहरीले घरेलु मदिरा नियन्त्रण अभियान तीव्र पारेको छ ।
इलाका प्रहरी कार्यालय रत्ननगरले पाँच सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । मंगलबार फेला पारिएको मदिरा नष्ट गरेको प्रहरी निरीक्षक केदार पन्तले जानकारी दिए ।
रत्ननगर नगरपालिका र पिठुवा गाविसबाट नियन्त्रणमा लिइएको सो परिमाणको अवैध घरेलु मदिरा नष्ट गरिएको हो ।
रत्ननगर–७ सुकुम्बासी बस्तीबाट २००, रत्ननगर–३ वेल्सीबाट १५०, रत्ननगर–८ वैरियाबाट १०० र पिठुवा–९, मावधपुरबाट ५० लिटर मदिरा नियन्त्रणमा लिएको थियो ।
साथै मदिरा बनाउने केही कच्चा सामग्री र भाँडाकुँडा पनि नियन्त्रणमा लिएको निरीक्षक पन्तले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता

विराटनगर । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

आजको प्रमुख समाचार