विदेशी नागरिक, नेपाली कर्मचारी

१९ चैत्र २०७०, बुधबार ०७:१० मा प्रकाशित

काठमाडौं, १९ चैत । विभिन्न देशको स्थायी बसोबास अनुमति पिआर र डिभी परेका कर्मचारीको रेकर्ड दूतावासमार्फत खोजिने भएको छ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले परराष्ट्र मन्त्रालयको समन्वयमा विभिन्न देशका दूतावासमार्फत विवरण संकलन गर्न लागिएको बताए ।

‘डिभी लिएका कर्मचारीका बारेमा त अमेरिकन दूतावासले गम्भीर चासो नै दिएको छ,’ मन्त्री पण्डितले भने, ‘आफैँ गएर पनि अमेरिकन राजदूतसँग डिभी लिनेहरूको रेकर्ड माग्छु ।’

निजामती कर्मचारी, प्रहरी, शिक्षक, सेना तथा विभिन्न संस्थामा कार्यरत गरी झन्डै एक हजार दुई सयदेखि एक हजार पाँच सय राष्ट्रसेवक कर्मचारीले पिआर र डिभी लिएको प्रारम्भिक अनुमान रहेको मन्त्री पण्डितले जानकारी दिए । तर, डिभी र पिआर लिएका कर्मचारीको विवरण सम्बन्धित मन्त्रालयबाट अपेक्षित रूपमा प्राप्त हुन नसकेको उनको भनाइ छ ।

‘कर्मचारीहरूले नै सबै विवरण लुकाइरहेका छन्,’ मन्त्री पण्डितले भने, ‘यो उनीहरूको बदमासी हो ।’ विवरण संकलनपछि डिभी र पिआर नत्यागे नेपाली नागरिकता नै रद्ध गर्ने चेतावनी उनको छ । त्याग गरेमा भने पुरस्कृत गरिने उनले बताए ।

डिभी र पिआर लिनेलाई कारबाही गर्न कानुन तर्जुुुमाको गृहकार्य थाल्न मन्त्री पण्डितले मुख्यसचिव, कानुनसचिव र सामान्य प्रशासन मन्त्रालयका सचिवलाई निर्देशन दिएका छन् । त्यस्ता कर्मचारी अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएमा पक्राउ गर्न पनि प्रहरी निकायलाई निर्देशन दिएकोसमेत उनले बताए ।

स्रोतका अनुसार पिआर र डिभी लिने कर्मचारीका विषयमा धेरै कुरा नगर्न मन्त्री पण्डितलाई नेताहरूबाट पनि दबाब आएको छ । तर, उनले पिआर र डिभीको बारेमा दबाब आएमा तत्काल नाम सार्वजनिक गर्ने दाबी गरे । उनले भने, ‘कसैसँग कुनै किसिमको सम्झौता गर्दिनँ ।’

यसैबीच, मन्त्री पण्डितले विभिन्न समयमा भ्रष्टाचारमा मुछिएका, आरोपित र विवादित कर्मचारीसँग भेटघाट नगर्न मन्त्रालयका तथा निजी सचिवालयका कर्मचारीलाई निर्देशन दिएका छन् । त्यस्ता व्यक्तिहरूसँग बाहिर भेटेको तथा होटलमा बसेर केही खाएको पाइएमा कडा कारबाही गर्ने चेतावनी पनि उनको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र