शिर्ष बार्ता निरन्तर निश्कर्षविहीन, एमाले अध्यक्ष खनाल निराश

१८ बैशाख २०६९, सोमबार १८:२८ मा प्रकाशित

काठमाडौं, १८ वैशाख । मधेसी मोर्चा सहित प्रमुख तीन दल बीच संविधान निर्माण र राष्ट्रिय सहमतिको सरकार गठनका लागि मंगलबार दिनभर जारी वार्ता पनि बिना निश्कर्ष टुङ्गिएको छ। बैठकस्थलबाट बाहिरिएका एमाले अध्यक्ष झलनाथ खनालले वार्ता परिणाम मुखी हुन नसकेको बताएका छन्। खनालले संचारकर्मिहरु संग भने, ‘बैठकमा बहुमतीय प्रक्रियाबाट जाउँ भन्ने कुरा आयो, म आशावादी हुन सकिनँ’ । खनालले संचारकर्मिहरुलाइ दिएको जानकारी अनुसार संविधान निर्माणमा सहमति हुन बाँकी राज्य पुनर्संरचना, शासकीय स्वरुप लगायत राष्ट्रिय सहमतिको सरकार गठनबारे छलफल भएको थियो । सहमति खोज्ने प्रयासका लागि दलहरुबीच मंगलबार अपराह्न १ बजेदेखि पटक पटक द्विपक्षीय र बहुपक्षीय छलफल भएका थिए। राज्य पुनर्संरचनामा कङ्ग्रेस सात प्रदेशको अडानमा छ भने माओवादीले १० प्रदेशको अडान राखेको छ। एमालेले ७ देखि १२ प्रदेशसम्म बनाउन सकिने गरी लचकता देखाएको छ। शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदद्वारा निर्वाचित प्रधानमन्त्रीबीच अधिकार बाँडफाँडमा सहमति हुनसकेको छैन।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत