अविश्वास प्रस्ताव ल्याएर सरकार ढालिने: नेताहरु

१८ बैशाख २०६९, सोमबार १८:२२ मा प्रकाशित

काठमाडौं, १८ वैशाख । कांग्रेस र एमालले विशेष अधिवेशन बोलाएर अविश्वासको प्रस्तावमार्फत डा. बाबुराम भट्टराई नेतृत्वको सरकार ढाल्ने चेतावनी दिएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रमम कांग्रेस नेता नारायण खडका र एमालेका शंकर पोखरेलले त्यसका निम्ति माओवादीको मोहन वैद्य किरण समूह र मधेसवादीका असन्तुष्ट सभासदसँग कुराकानी भइरहेको बताए ।
‘अब रत्नपार्कको चटके जस्तो प्रचण्डको पाराले संविधान लेखन टुंगोमा पुग्दैन,’ नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्काले भने, ‘जसरी हुन्छ, बाबुराम भट्टराईलाई टिकाउने र सत्ता कब्जा गर्ने रणनीति भएकाले अविश्वास प्रस्ताव ल्याउन लागेका हौं । अविश्वास प्रस्तावका पक्षमा बहुमत पुगिसकेको छ ।’
बाबुराम नेतृत्वको सरकार रहेसम्म संविधान निर्माण, शासकीय स्वरुप र संघीयताका विषयमा सहमति बन्न नसक्ने उनको भनाइ थियो ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा गरिएको साक्षात्कारमा एमाले सचिव शंकर पोखरेलले संविधान जारी गर्नका लागि सरकार परिवर्तन अत्यावश्यक भइसकेको दाबी गरे ।
‘हामी चाहन्छौं, अविश्वासको प्रस्ताव ल्याउनुभन्दा सहमतिको आधारमा सरकार निर्माण होस्,’ पोखरेलले भने, ‘हामी ट्रयाक वानबाटै सहमतिको प्रयास गर्छाैं, त्यसो हुन सकेन भने ट्रयाक टुबाट प्रधानमन्त्री भट्टराईलाई विदाई गर्छौं ।’
पोखरेलले माओवादीभित्रको अनुचित झगडाले संविधान निर्र्माण, शासकीय स्वरुप र संघीयताको विषय टुंगोमा नपुगेको दाबी पनि गरे । उनले भने– प्रमुख दलहरु सम्मिलित राष्ट्रिय सहमतिको सरकार नबनी संविधान असम्भव छ ।
कार्यक्रममा माओवादी पोलिटब्युरो सदस्य अग्नि सापकोटाले अविश्वास प्रस्ताव ल्याएर सरकार ढाल्न कांग्रेस र एमालेलाई चुनौती दिए । ‘यो चियाको कपमा उठेको तुफानमात्र हो,’ उनले भने– माओवादी र मधेसवादीबीच एग्रिमेन्ट भइसकेको छ । हामी फेस गर्न तयार छौं ।
अविश्वास प्रस्तावका पक्षमा माओवादीका कुनै सभासदले मत नहाल्ने र हाले कारबाहीमा पर्ने उनले बताए ।
‘मोहन वैद्य पक्षले चाहेर बाबुराम सरकारलाई रौजति पनि हल्लाउन सक्दैन,’ नेता सापकोटाले भने, ‘वैद्य र सिपी गजुरेलले बोलेको कुन कुरा पूरा भएको छ ? उनीहरुले समाचारका लागि मात्र बोलेका छन् । पार्टीमा उनीहरुको हैसियत तपाईंहरुले थाहा पाइसक्नुभएको छ ।’
संविधान बनाएर निकास दिने अवस्थामा सरकार ढाल्छु भन्नु तुक नभएको उनको भनाइ थियो । ‘प्याकेजमा सहमति भएर राष्ट्रिय सहमति नबनेसम्म बाबुराम सरकार ढल्दैन,’ उनले भने– हाम्रो पार्टी फुट्दैन, टुक्रँदैन । केही उच्छृंखल नेताहरु चोइटिएर जान सक्छन् । त्यसले हामीलाई केही फरक पर्दैन ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले सरकार परिवर्तन बेमौसमी बाजा भएको बताए । ‘अहिलेको मूल एजेन्डा संविधान लेखनलाई टुंग्याउनु हो,’ उनले भने, ‘बाबुरामजीको सरकारले केही काम गरेको छैन । महँगी, असुरक्षा, भ्रष्टाचारबाहेक केही छैन । तैपनि अहिले सरकार ढाल्दा संविधान लेखनका सारा प्रक्रिया रोकिन्छ ।’
जातीय संघीयता मुलुकले थेग्न नसक्ने र संसदीय व्यवस्थालाई बलियो बनाउने शासकीय स्वरुप आवश्यक रहेको पनि उनले औंल्याए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस