एमाओवादी हैसियत अनुसारको दाबी गर्नु पर्छ : नेपाल

१८ चैत्र २०७०, मंगलवार १४:३६ मा प्रकाशित


काठमाडौं, १८ चैत । प्रधानमन्त्री सुशील कोइराला र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच स्थानीय निकायको निर्वाचनका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज (मंगलबार) भएको भेटवार्तामा संविधानसभा मातहतका समिति र उच्चस्तरीय राजनीतिक समितिको गठनलगायत विषयमा छलफल भएको हो ।
भेटवार्ता पछि पत्रकारसँग कुरागर्दै नेता नेपालले संविधानसभालाई पूर्णता दिने सन्दर्भमा २६ सभासदको मनोनयन, समिति गठन, स्थानीय निकायको निर्वाचन र उच्चस्तरीय राजनीतिक परामर्श समिति शीघ्र गठन गर्ने विषयमा छलफल भएको बताए ।
उनले संविधानसभामा उपस्थित संख्याको अवस्थालाई ध्यानमा राखेर एमाओवादीले हैसियतअनुसारको मात्र जिम्मेवारीका लागि दाबी गर्नु उचित हुने बताए ।
‘उच्चस्तरीय राजनीति समितिको अध्यक्षको दाबी सर्वप्रथम प्रधानमन्त्रीले गर्नुपर्छ,’ उनले भने, ‘त्यो नभए दोस्रो ठूलो दलको नाताले एमालेले पाउनुपर्छ । एमाओवादीको हुनुपर्छ भन्ने कुरा सम्भव छैन ।’
उनले राजनीतिक स्थायी प्रकृतिको बनाउन नहुने बताए । ‘आलोपालोका आधारमा हुने भएमा मात्र एमाओवादीले त्यसअनुसारको जिम्मेवार पाउनु पर्छ,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र