स्ववियु निर्वाचनको मिति घोषणा गर्न माग

१८ चैत्र २०७०, मंगलवार १३:२६ मा प्रकाशित


काठमाडौं, १८ चैत । नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेको छ ।
बालुवाटारमा आज (मंगलबार) प्रधानमन्त्री समेत रहेका त्रिभुवन विश्व विद्यालय (त्रिवि) का उपकुलपति सुशील कोइरालासँग भेट गरेर नेविसंघका नेताहरुले स्ववियु निर्वाचनको मिति घोषणा माग गरेका हुन् । नेविसंघका नेता ऋषिकेश जंग शाहले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति तत्काल घोषणा गर्न आग्रह गरेको बताए ।
‘वैशाख–२५ गते भित्र स्ववियुको निर्वाचनको मिति घोषणा त्रिवि पदाधिकारीलाई लिखित निर्देशन दिन माग गरेका छौं,’ उनले भने, ‘माग सम्बोधन नभए कडा आन्दोलनमा जाने चेतावनी दिएका छौं ।’
लामो समयदेखि स्ववियु निर्वाचन हुन नसक्दा स्वतन्त्र विद्यार्थी युनियन नेतृत्व बिहीन छ । निर्वाचनका लागि नेविसंघले पटक पटक दबाव समेत दिँदै आएको छ ।
यसैबीच, नेविसंघले आफ्नो महाधिवेशन गराउन सहयोग गर्न कोइरालासँग माग गरेको छ । कांग्रेस सभपाति समेत रहेका प्रधानमन्त्री कोइरालाले नेविसंघका नेताहरुको मागका सम्बन्धमा सकारात्मक रहेको जनाएका छन् ।
प्रधानमन्त्री कोइरालासँगको भेटका लागि नेविसंघ अध्यक्ष एवं सभासद रञ्जित कर्ण, केन्द्रीय सदस्य ऋषिकेश जंग शाहलगायतका नेताहरु बालुवाटार पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले