निर्माता गुनासो : आइनन् रेखा

१८ चैत्र २०७०, मंगलवार ०८:३२ मा प्रकाशित


काठमाडौ : चलचित्र ‘दमदार’की आइट गर्ल हुन् अर्चना देलाल । तर आइतबार चलचित्र युनिटले आयोजना गरेको कार्यक्रममा उनी नायिका जस्तै ब्यस्त देखिन्थिन् ।
पत्रकारको क्यामरा पनि उनी तिरनै केन्द्रित थिए । उनी पनि अभिनेता सबिन श्रेष्ठका साथ फोटो पोजमै ब्यस्त थिइन् ।
‘दमदार’ मुख्य नायिका रोखा थापा हुन् । तर उनी कार्यक्रममा सहभागी भइनन् । मिडियाले ग्ल्यामर पर्सन खोज्ने क्रममा उनलाई पछयाए । चलचित्रको अडियो समेत बिमोचन गरिएको कार्यक्रममा निर्माता सुमन बिष्टले पटक पटक आउछु भनेर पनि झुक्याएकी रेखा प्रति गुनासो पोखे । सुमनको यो पहिलो निर्माण हो ।
सविन श्रेष्ठ र रेखाको मुख्य भूमिका रहेको यस चलचित्रका निर्देशक तथा संगीतकार कमल कृष्ण पौडेल, कमल कृष्ण, बासु पुडासैनी रहेका छन् । निर्देशक पौडेलले पनि रेखाले झुक्याएकोमा खिन्नता प्रकट गरे ।
कार्यक्रममा प्रमोशनका लागि तयार पारिएको प्रोमो पनि देखाइएको थियो । सुरक्षा निकाय नेपाल प्रहरी प्रशासन भित्र हुने घटनालाई बिषयबस्तु बनाइएको चलचित्रका कार्यकारी निर्माता चन्द्र प्रसाद गौतम रहेका छन् ।
चलचित्रमा रोशन श्रेष्ठको नृत्य, चन्द्र पन्तको द्वन्द्व , सौरभ लामाको छायांकन, श्रीराम महतको सम्पादन छ । वैशाख २६ गतेबाट प्रदर्शनमा आउने बताइएको यसचलचित्र सारा फिल्मस्को ब्यानरमा तयार भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया