बेश्या बन्दै मीनाक्षी

१८ चैत्र २०७०, मंगलवार ०८:१५ मा प्रकाशित


मुम्बई : पछिल्लो समय दक्षिण भारतीय चलचित्रका अभिनेत्रीहरुको बलिउड प्रबेश बाक्लिदै गएको छ । यस्तैमा अभिनेत्री मीनाक्षी दीक्षितले पनि बलिउड यात्रा शुरु गर्ने भएकी छन् ।
मीनाक्षी कुन्दन साहको चलचित्र ‘पी से पी एम तक’को अभिनयबाट बलिउड करियर शुरु गर्न लागेकी हुन् । चलचित्रका लागि आफू अनुबन्धित भएपछि उनी निकै उत्साहित बनेकी छन् ।
चलचित्र अभिनयमा पुरै तनमन लगाउने समेत उनले योजना बनाएकी छन् ।
लखनउमा बालपन काटेकी यी अभिनेत्रीले क्यामराको अगाडि कसरी अभिनय गर्ने, डाइलग कसरी बोल्ने लगायतका अभिनयमा चाहिने ज्ञान दक्षिण भारतीय चलचित्रबाट हासिल गरेकी छन् । साउथ चलचित्र इन्डष्ट्रि आफ्ना लागि अभिनय सिक्ने स्कुल भएको उनले बताइन् ।
उनले भनिन्, ‘सिक्नेका लागि साउथमा निकै राम्रो ट्रिटमेन्ट मिल्छ ।’ चलचित्र अभिनयका लागि भाषाको निकै मेहनत गरेकी मीनाक्षी रोमनमा लेखिएको कथा दशपटक सम्म प्राटिक्स गर्ने गरेको बताइन् ।
शुरका दिनमा हिन्दी बोल्न निकै कठीन भए पनि अहिले भने निके सजिलो भइरहेको उनको कथन छ ।
चलचित्र ‘पी से पी एक तक’ मा मीनाक्षीका एक बेश्यको भूमिका छिन् । जुन बेश्य रेडलाइट यरियाबाट निश्किएर महाराष्ट्रकी मुख्य मन्त्री बन्न सफल गर्न भ्याउछिन् । चलचित्र एक सिरिज मुद्दाको कटाक्ष अन्दाजका आधारमा निर्बाह हुन लागेको हो ।
बेश्यका भूमिका निर्बाहका लागि मीनाक्षीले केही तयारी पनि गरेकी छन् । तयारीका क्रममा उनले यस्तो भूमिकामा अभिनय गरेको बलिउड अभिनेत्रीका चलचित्र पनि हेरेकी छन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया

आजको प्रमुख समाचार