संबिधान सभाको अवधि थपेर राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्छ: भण्डारी

१८ बैशाख २०६९, सोमबार १८:१७ मा प्रकाशित

चितवन, १८ वैशाख । एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले संविधान लेखनलाई निष्कर्षमा पुर्याउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनु भएको छ । उपाध्यक्ष भण्डारीले चितवनमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा संविधानका बिवादित विषयमा सहमति जुटाउनुकालागि पनि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनु भएको हो ।
पत्रकार सम्मेलनमा भण्डारीले भन्नु भयो, ‘राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता हो ।’
अन्तरिम संविधानमा संशोधन गरेरै भएपनि संविधानसभाको समय थप्न सकिने एमाले उपाध्यक्ष भण्डारीको भनाई छ ।
पहिले सहमतिको सरकारमा जोड दिनुपर्ने तर्क समेत राख्नु भएकी भण्डारीले भन्नु भयो, ‘राम्रो संविधान बनाउने छलफलका लागि संविधानसभाको केही समय थप्नुपर्ने पनि हुन सक्छ ।’
यसैवीच, भणडरीले मुलुकमा सात प्रदेश भन्दा माथिको संघीय राज्य बनाउन नहुने बताउनु भएको छ । एमालेको केन्द्रीय कमिटीले राज्यको पुनर्संरचना गर्दा यति नै प्रदेश बनाउनुपर्छ भनेर निर्णय नगरेपनि पाँचदेखि सात प्रदेशसम्मको पक्षमा पार्टी रहेको भण्डारीको भनाई छ ।
उहाँले प्रादेशिक सभा धेरै राख्दा संघीय संरचनाको गरिमा राख्न नसकिने भन्दै पाँचदेखि सात प्रदेश उपयुक्त हुने उल्लेख गर्नु भयो ।
भण्डारीले पार्टी भित्र १२ प्रदेशबारे छलफल नै नभएको दाबी पनि गर्नु भएको छ । प्रदेशहरुको नामाकरण जातीय आधारमा नभई ऐतिहासिक वा साँस्कृतिक आधारमा गर्नुपर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।