सप्तरीमा आगलागी हुँदा एक्काइस घर नष्ट

१७ चैत्र २०७०, सोमबार २१:१२ मा प्रकाशित


सप्तरी, १७ चैत । सप्तरी जिल्लामा आगलागी हुँदा एक्काइस घर जलेर नष्ट भएका छन् ।
तिलाठी गाविसका वडा नम्बर ४ र ७ मा भएको आज (सोमबार) भएको आगलागीमा २१ घर जलेर नष्ट भएका हुन् ।
तिलाठी–४ निवासी बौकु सुतिहारका घरबाट बिहान ९ बजे सल्केको आगोले फैलेर राम सुतिहार, सुकदेव सुतिहार र नन्दलाल यादवलगायत नौ परिवारका घर जलेको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा चार घर तोडफोड गरिएको छ ।
आगलागीमा परी करीब ३० लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ । शरीरमा लगाएको लुगाबाहेक अन्य कुनै सामान जोगाउन नसकेको पीडितले बताएका छन् ।
ढोल बजाएर आगलागीबाट बच्न हावाहुरीको समयमा आगो नबाल्न गाउँमा सचेतना जगाइरहेका बेला आगलागी भएको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार