प्रेस चौतारीको राष्ट्रिय भेला चैत २९ गते

१७ चैत्र २०७०, सोमबार १५:५४ मा प्रकाशित


काठमाडौं, १७ चैत । एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालले आफ्नो राष्ट्रिय भेला चैत २९ गते राजधानीमा गर्ने निर्णय गरेको छ ।
भेलामा नेपाल पत्रकार महासंघको आसन्न राष्ट्रिय महाधिवेशनमा चौतारीका उम्मेदवारहरुका विषयमा छलफल हुने सचिव गणेश पाण्डेले जानकारी दिए ।
भेलामा केन्द्रीय सल्लाहकार, पूर्व केन्द्रीय पदाधिकारी, अञ्चल तथा जिल्ला अध्यक्ष र सचिव, चौतारी निकट महासंघका केन्द्रीय पदाधिकारी र जिल्ला अध्यक्ष गरी करीब ५ सयको सहभागिता रहने छ ।
भेला तयारीका लागि मध्यमाञ्चल उपाध्यक्ष उपेन्द्र केसीको संयोजकत्वमा सचिव गणेश पाण्डे, नरेन्द्र साउद र रामकुमार एलन, कोषाध्यक्ष विश्वमणि सुवेदीलगायतको मूल व्यवस्थापन समिति गठन भएको छ ।
महासंघका लागि उम्मेदवार तय तथा अन्य पक्षसँग वार्ता गर्न चौतारीका अध्यक्ष राजेन्द्र अर्यालको संयोजकत्वमा वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, उपाध्यक्ष केसी र महासचिव नेपाल सम्मिलित टोली गठन गरिएको छ ।
वैशाखको तेस्रो साता हुने महासंघको महाधिवेशनका लागि चौतारीकातर्फबाट महेन्द्र विष्ट, बालकृष्ण चापागाईं, गगन विष्ट र यशोदा तिम्सिनालेमा आकांक्षा व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य