एमाओवादी नयाँ ढंगले रुपान्तरण हुनै पर्छ : भट्टराई

१७ चैत्र २०७०, सोमबार १५:२४ मा प्रकाशित


चितवन, १७ चैत । एमाओवादीका पूर्व उपाध्यक्ष बाबुराम भट्टराईले पार्टीलाई नयाँ ढंगबाट रुपान्तरण गर्ने बताएका छन् ।
चितवनको भरतपुरमा आज (सोमबार) आयोजित कार्यक्रममा भट्टराईले एमाओवादी पार्टी समाजवादी क्रान्तिको दिशातर्फ गएको दाबी गरे । उनले समाजवादी आन्दोलनको नीति र नेतृत्व सामूहिक ढंगले गरिने बताए ।
नेकपा–माओवादीसँगमात्र नभएर वामपन्थी, देशभक्त र गणतन्त्रवादी सबैलाई एक बनाएर लैजाने तयारीमा भएको पूर्व उपाध्यक्ष भट्टराईको भनाई छ ।
‘नेकपा–माओवादीसँग तत्काल एकीकरणभन्दा पनि केही विषयमा कार्यगत एकता गरेर जान सकिन्छ,’ उनले भने ।
पुँजीवादी क्रान्ति सापेक्ष रुपमा अघि बढेको बताएका उनले समाजवादी क्रान्तितर्फ एमाओवादीले बाटो छाड्न नहुँने उल्लेख गरे ।
पूर्व उपाध्यक्ष भट्टराईले द्वन्द्वकालीन घटनाको छिनोफानो सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता खोजी आयोगले मात्र गर्नु पर्ने बताए । उनले कृष्ण अधिकारीलगायतका सबै द्वन्द्वकालीन घटना पटके गिरफ्तारीबाट समाधान नहुने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार