राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्ने पालो काँग्रेसको: पौडेल

१८ बैशाख २०६९, सोमबार ०३:१८ मा प्रकाशित

काठमाडौं, १८ वैशाख । राष्ट्रिय सहमतिको सरकारको प्रस्ताव अघि सारेको कांग्रेसले अबको नेतृत्व आफूले गर्न पाउनु पर्ने दाबी प्रस्तुत गरेको छ ।संबिधान सभा हल नयाँ बानेश्वरमा आइतबार भएका शीर्ष नेताहरुको बैठकमा बिवादित बिषयका साथै सहमतिको सरकार बनाउने बिषयमा छलफल गर्दै आएका दलहरुले नेतृत्वका बारेमा भने अहिले सम्म केही बताएका छैनन् । कांग्रेसले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व आफूले गर्न पाउनु पर्ने दावी पेस गरेको छ भने माओवादी मौन छ ।
एमाले कांग्रेसको पक्षमा देखिएको छ भने सत्तारुढ मधेसी मोर्चाले स्पष्ट धारणा सार्वजनिक गरेको छैन ।
तर शीर्ष नेताहरुले भने प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा पछि मात्रै प्रधानमन्त्रीको टुङगो लगाउनुपर्ने बताएका छन् । एमाओवादीको संस्थापन पक्षपनि राष्ट्रिय सहमतिकै सरकारका पक्षमा रहेको बताउदै आएको छ ।
कांग्रेस नेता रामचन्द्र पौडेलले अब बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने भन्दै प्रधानमन्त्री पनि आफूनै बन्ने दाबी गरेका छन् । पौडेलले त्यसका लागि गृहकार्य सुरु भएको समेत बताए ।
यसैवीच कांग्रेसले राष्ट्रिय सहमतिको सरकारलाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग बार्ता समेत गरेको छ । संविधानसभा भवनमा भएको बार्तामा सरकारका बारेमा छलफल भएपनि मोर्चाले स्पष्ट केही बताउन चाहेन ।
मधेसी मोर्चाले राष्ट्रिय सहमतिको सरकार बनाउने पक्षमा रहेको संकेत यस अघि गरिसकेको छ । तर नेतृत्वको बिषयमा भने उसले औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।