‘माघ–८ भित्रै लोकतान्त्रिक संविधान दिन्छौं’

१७ चैत्र २०७०, सोमबार १८:०५ मा प्रकाशित


काठमाडौं, १७ चैत । संविधानसभा अध्यक्ष सहित प्रमुख दलका शीर्ष नेताहरुले माघ ८ गते भित्रै मुलुकलाई लोकतान्त्रिक संविधान दिने जनाएका छन् । उनीहरुले राजनीतिक स्थायित्व मार्फत आर्थिक विकासलाई अघि बढाउने प्रतिबद्धता ब्यक्त गरे ।
काठमाडौंमा आज (सोमबार) आयोजित कार्यक्रममा उनीहरुले एक वर्षभित्र सहमतिमा संविधान निर्माणको विकल्प नभएको बताए । ‘सबैले आ आफ्नो अडानमा लचकता प्रस्तुत गर्दै मुलुक र जनताको हितमा सहमतिका साथ अघि बढ्नु पर्छ,’ उनीहरुले भने ।
अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलहरुले गरेको प्रतिबद्धता र जनादेशको जगमा उभिएर आगामी माघ ८ गते भित्र नयाँ संविधान निर्माण गर्नु पर्ने बताए ।
उनले पहिलो संविधानसभाको विघठनपछि मुलुक अँध्यारो सुरुङमा प्रवेश गरेको भन्दै जननिर्वाचित सरकारको गठन पछि संविधानसभा निर्माणको कार्य अघि बढेको बताए ।
एमालेका अध्यक्ष झलनाथ खनालले संविधान निर्माणसँगै मुलुकको आर्थिक विकासलाई अघि बढाउनु पर्ने बताए । उनले नेपाली जनतासँग गरेको प्रतिबद्धता अनुसार एक वर्षभित्रै संविधान जारी गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले विघठित संविधानसभाले गरेको कामको स्वामित्व ग्रहणसँगै नयाँ संविधान निर्माणको आधार निर्माण भएको बताए । उनले अन्य कामलाई छाडेर संविधान निर्माणमा ध्यान केन्द्रित गर्न दलहरुलाई आग्रह गरे ।
कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले यथार्थ परक रुपमा काम गरेर नयाँ संविधानको निर्माणसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा लैजानु पर्ने बताए । उनले संविधान निर्माणमा पहिला नै धेरै काम भईसकेकोले अब धेरै ठूलो झमेला नभएको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले मुलुकको समस्या, प्रेस स्वतन्त्रता, प्रजातन्त्र र जनताको अधिकारको रक्षाको लागि सदा निर्भिग्न भएर कार्यरत रहनु पर्ने बताए ।
कानून मन्त्री नरहरि आचार्यले संविधान निर्माण गरेर मुलुकलाई स्थायीत्वसँगै विकासको बाटोमा अघि बढाउन सरकार तयार रहेको बताए ।
एमाओवादीका नेता वर्षामान पुनले एक वर्षभित्र संविधान निर्माण गर्नै पर्ने बताए । उनले बाहिर गएर संविधान बनाउन नसकिने बताए ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान निर्माणको क्रममा आफूहरुको धेरै विषयहरुमा फरकमत रहे पनि रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले प्रमुख दलहरुको गतिविधि हेर्दा समयमा संविधान नबन्ने तर बनि हाले पनि नटिक्ने आंशका ब्यक्त गरे ।
नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुसालले अहिलेको संविधानसभाबाट समस्याको समाधान हुन नसक्ने बताईन् । नयाँ संविधानको नाममा द्धन्द्धको नयाँ वीउ नरोप्न चेतावनी दिँदै उनले सर्वपक्षीय राजनीतिक सभामार्फत संविधान सभा बाहिर र भित्र रहेका दलहरुवीचको सहमतिको आधारमा नयाँ संविधान लेख्नु पर्नेमा जोड दिईन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान निर्माणमा सबैको ईमान्दार प्रयत्नको आवश्यकता भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्

काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका