प्रधानन्यायाधीश नियुक्तिमा शर्माको नाम सिफारिस

१७ चैत्र २०७०, सोमबार ११:२६ मा प्रकाशित


काठमाडौं, १७ चैत । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा दामोदरप्रसाद शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज (सोमबार) बसेको परिषदको बैठकले कायममुकायम प्रधानन्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । शर्माले संसदीय सुनुवाई समितिको सामना पनि गर्नु पर्ने छ । त्यस पछि राष्ट्रपतिद्धारा शर्मालाई प्रधानन्यायाधीशमा नियुक्ति गर्ने छन् ।
प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि प्रधानमन्त्री सुशील कोइरालाले परिषदको बैठक बोलाएका थिए ।
परिषदको बिहीबार बोलाइएको बैठक विपक्षी दलका नेता समेत रहेका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई पुत्री शोक परेकाले बस्दै नबसी स्थगन भएको थियो ।
मुलुकमा २०४६ सालको जनआन्दोलनबाट बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि सर्वोच्चका वरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्त गर्ने परम्परा रहँदै आएको छ । शर्मा वरिष्ठ न्यायाधीशका हैसियतले कामु प्रधानन्यायाधीशको कार्य सम्पादन गर्दै आएका थिए ।
मन्त्रिपरिषद अध्यक्षको जिम्मेवारी पाएका तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीले माघ २७ गते न्यायिक पदबाट राजीनामा दिएपछि सो पद रिक्त थियो ।
प्रधानन्यायाधीश नियुक्ति पछि सर्वोच्चमा रिक्त १० स्थायी न्यायाधीश नियुक्तिको समेत बाटो खुल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा