ठाकुरलाई अध्यक्ष मान्न यादव तयार

१७ चैत्र २०७०, सोमबार ०७:२० मा प्रकाशित


काठमाडौं, १७ चैत । मधेसी तीन दलको एकीकरण लगभग निश्चित भएको छ । तमलोपा, फोरम नेपाल र सद्भावना अध्यक्षबीच एकीकरणपछिको पद बाँडफाँडमा सहमति बनेको छ ।

सद्भावना पार्टी कार्यालय थापागाउँमा आइतबार दिनभर बसेको बैठकमा शीर्ष नेताहरूबीच जिम्मेवारी बाँडफाँडमा सहमति भएको हो । तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई एकीकृत पार्टीको अध्यक्ष मान्न फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव तयार भएका छन् । तत्काल ठाकुर एकीकृत पार्टीको अध्यक्ष हुने, यादव संसदीय दलको नेता र सद्भावना अध्यक्ष राजेन्द्र महतो संगठन विभाग प्रमुख हुने सहमति बनेको छ ।

‘अब एकीकरण निश्चित भएको छ । तत्कालका लागि एकीकृत पार्टीको अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता उपेन्द्र यादव हुनुहुनेछ,’ फोरम नेपालका सभासद् श्रवण अग्रवालले भने, ‘६ महिनाभित्र महाधिवेशन हुनेछ र नयाँ नेतृत्व आउनेछ ।’

आइतबारको बैठकले फोरम अध्यक्ष यादवले प्रस्तुत गरेको अवधारणापत्र केही संशोधन गरेर अनुमोदन गरेको छ । यादवको अवधारणापत्रमा सैद्धान्तिक विषयहरू समेटिएका थिए । एकीकृत पार्टीको घोषणा वैशाखभित्रै गर्ने सहमति पनि शीर्ष नेताहरूबीच भएको छ । बैठकले एकीकृत पार्टीको विधान मस्यौदा तयार गर्न संयुक्त कार्यदललाई जिम्मेवारी दिएको छ । १५ सदस्यीय संयुक्त कार्यदल यसअघि नै गठन भएको छ ।

‘एकीकृत पार्टीको नामबारे सहमति भएको छैन । अब चाँडै यसमा पनि सहमति हुन्छ,’ सद्भावना पार्टीका प्रवक्ता सन्तोष मेहताले भने, ‘तीन पार्टीको एकीकरणको सैद्धान्तिक सहमति भइसकेको छ । अब प्राविधिक कुरा मिलाउन मात्र बाँकी छ ।’

फोरम अध्यक्ष यादवले एकीकृत पार्टीको नाम समाजवादी लोकतान्त्रिक फोरम नेपाल राख्न प्रस्ताव गरेको छन् । कार्यदलले भने एकीकृत पार्टीको नाम तराई मधेस सद्भावना फोरम, लोकतान्त्रिक सद्भावना फोरम र समाजवादी लोकतान्त्रिक फोरम नेपालमध्ये एक राख्न सुझाब दिएको छ ।

तीन पार्टीको संयुक्त कार्यदलले यसअघि एकीकृत पार्टीको नेतृत्वमा महाधिवेशन एक वर्षभित्रै गर्ने गरी चक्रीय प्रणालीको पहिलो विकल्प प्रस्तुत गरेको थियो । दोस्रोमा तीनमध्ये एकजना अध्यक्ष र अरू दुईजना कार्यकारी अध्यक्ष हुने विकल्प थियो । एकीकृत पार्टीको चुनावचिह्न तीर राख्न पनि कार्यदलको सुझाब थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र