ओलीलाई भेट्न नेपाल पनि दिल्ली

१७ चैत्र २०७०, सोमबार ०७:१२ मा प्रकाशित


काठमाडौं, १७ चैत । नियमित परीक्षणका लागि अझै एक साता भारत बस्ने भएपछि संसदीय दलका नेता केपी शर्मा ओलीलाई भेट्न एमाले वरिष्ठ नेता माधवकुमार नेपाल आइतबार नयाँदिल्ली गएका छन् । शनिबार म्याक्स अस्पतालबाट डिस्चार्ज भई अपार्टमेन्टमा सरेका छन् ।

ओलीले तीन साताभन्दा बढी समय अस्पताल बसेर मिर्गौला र बाथसमेतको उपचार गराएका थिए । डिस्चार्ज भएका ओलीसँग शनिबार नेपालले टेलिफोन संवाद गरेका थिए । सोही क्रममा ओलीले नियमित फलोअपका लागि अझै एक हप्ता उतै बस्ने जनाएपछि नेपाल आइतबार उनलाई भेट्न दिल्ली गएका हुन् । उपाध्यक्ष तथा उपप्रधानमन्त्री वामदेव गौतमसँग नेपालले शनिबार साँझ आफ्नै निवासमा भेटी ओलीको स्वास्थ्यबारे सोधेका थिए । ओलीलाई भेट्न बुधबार दिल्ली गएका उपप्रधानमन्त्री तथा गृहमन्त्री गौतम शुक्रबार फर्केका थिए ।

‘हिजो ९शनिबार० उहाँसँग टेलिफोनमा समेत कुराकानी भएको थियो, प्रचारका लागि भन्दा पनि एकपटक भेटघाट गरौँ भनेर जानुभएको हो,’ नेपालका स्वकीय सचिव मोहन गौतमले नयाँ पत्रिकासँग भने ।

अस्पतालबाट डिस्चार्ज भए पनि मंगलबार फेरि फलोअपमा आउन भनेकाले ओली दिल्लीमै आराम गरिरहेका छन् । उनी सुल्तानपुरस्थित एक अपार्टमेन्टमा बसिरहेका ओलीका सहयोगी रमेश आचार्यले जनाएका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

लमजुङ। गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले डुम्रे–बेँसीसहर सडक र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडक

काठमाडौं विमानस्थलममा आईएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मंगलबार देशका

काठमाडौँ । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा