लण्डन ओलम्पिकको सुरक्षार्थ बेलायतले मिसाइल तैनाथ गर्ने

१७ बैशाख २०६९, आईतवार १९:०३ मा प्रकाशित

एजेन्सी, लण्डन,१७ वैशाख । बेलायतको राजधानी लण्डनमा यसै वर्ष आयोजना हुने ओलम्पिक खेलका क्रममा सुरक्षाका लागि सतहबाट हावामा लक्ष्य बनाउन सक्ने मिसाइललाई तैनाथ गर्ने स्थानको खोजी भइरहेको बेलायतको रक्षा मन्त्रालयले जनाएको छ। त्यस्ता मिसाइललाई घरका छतमा लगाइन सक्ने सम्भावना पनि रहेको छ। पूर्वी लण्डनका बासिन्दालाई प्राप्त पर्चामा जनाएको छ। जसमा खेलका क्रममा घरका छत्हरुमा सेनालाई तैनाथ गरिने उल्लेख छ।

आयोजना स्थल क्षेत्रका पानी टंकीको माथि एयर डिफेन्स सिस्टम लगाइन सक्ने बताइएको छ। खेलका क्रममा जमिनमा रहने वायु रक्षा प्रणालीलाई परिचालन गर्ने वा नगर्ने सम्बन्धमा भने कुनै निर्णय भइसकेको छैन।

प्रतिक्रिया
सम्बन्धित खवर

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

मड्रिड । स्पेनिस लिग फुटबलमा गएराति रियाल मड्रिड र भियारियाल विजयी भएका छन् । उपाधि होडमा रहेको रियाल मड्रिडले ग्रानाडालाई