एमाओवादी राष्ट्रिय सम्मेलन अझै अन्योलमा

१७ चैत्र २०७०, सोमबार ०७:०७ मा प्रकाशित


काठमाडौं, १७ चैत । तोकिएको मिति एक महिना मात्र टाढा हुदासमेत एमाओवादीको राष्ट्रिय सम्मेलन हुने\नहुने टुङ्गो छैन । सम्मेलनका लागि सदस्यता नवीकरण गर्न आइतबारसम्म म्याद भए पनि अधिकांश जिल्लामा हुन सकेको छैन ।

तयारीमा यस्तो सुस्तताको एउटा महत्वपूर्ण कारण हो, बाबुराम भट्टराई पक्षले महाधिवेशननिम्ति गरेको जोड । अध्यक्ष पुष्पकमल दाहाल कुनै हालतमा राष्ट्रिय सम्मेलन गरी नेतृत्व चयन गर्ने पक्षमा छन् ।

मुख्य तयारी मानिने सदस्यता नविकरण दुई नेताको टकरावले ढिला भएको हो । यसले सम्मेलन तोकिएको मीतिभन्दा केही पर सक्ने नेताहरु बताउछन् ।

भट्टराई निकट नेता टोपबहादुर रायमाझीले पार्टी पुननिर्माणका लागि उठेको प्रश्न राष्ट्रिय सम्मेलनले हल गर्नेमा आशंका रहेको बताए । तयारी भइरहेको छ, अहिले सर्नेरनसर्नेबारे भन्न सकिँनूु उनले भने, तर सम्मेलनले उठेका विषयवस्तु कसरी समाधान गर्न सक्छ भन्ने कुरा हो ।

संगठन बिभागको बैठकमा आइतबार तयारीबारे छलफल भएको छ । छलफल सदस्यता नवीकरणको पछिल्लो अवस्थालगायतमा केन्द्रित भएको बिभाग सदस्य देबेन्द्र पौडेलले जानकारी दिए । सबै जिल्लाम अन्तिम चरणमा पुगेको छु उनले भने, नवीकरण म्याद सकिए पनि अबको १० दिनभित्र केन्द्रीय कार्यालयमा पठाउन सकिने छ ।

सबै जिल्लामा खटेका नेताहरुका अनुसार कार्यकर्तामा खास उत्साह छैन । प्रत्यक्ष निर्वाचनको प्रावधान भएकाले उम्मेदवार बन्न चाहने नेताहरुले नवीकरणका लागि दौडधुप गरिरहेका छन् । नेताहरुनै कार्यकर्ताको घरदैलो पुगेर नवीकरण गर्नु पने अवस्था छ, सदूरपश्चिममा जिल्ला सम्मेलन गराउन खटेका एक नेताले भने ।

प्रत्येक जिल्लाले बैशाख १५ गतेभित्र राष्ट्रिय सम्मेलन गरिसक्नुपर्ने केन्द्रले निर्देशन गरेको छ । त्यसअघि प्रत्येक गाउँ सम्मेलन गर्नु पर्ने भए पनि हालसम्म थोरैमा मात्र भएका छन् । गाउँ सम्मेलन सुरु भएका छन्, त्यसपछि जिल्ला सम्मेलनको तयारी हुन्छु पौडेलले भने, ुतोकिएकै समयमा राष्ट्रिय सम्मेलन गर्ने तयारी भएको छ ।

सदस्यता नवीकरण गर्दा समेत बारा, पर्सा र रौतहटमा बिवाद देखिएको छ । यी जिल्लाबाट अघिल्लो वर्ष माघमा हेटौडा महाविधेशनको प्रतिनिधि चयनमा समेत बिवाद देखिएको थियो । संगठन बिभागले आइतबार अन्तिम रुप दिएको निर्देशनमा जिल्ला समिति ११ सदस्यीयदेखि ५१ र गाउँ समिति ११ देखि २६ सदसीय बनाउनु पर्ने उल्लेख छ । यसपटकदेखि जिल्लाबाट चयन भएर आउनु पर्ने भएकाले नेताहरु सम्वन्धित क्षेत्रमा व्यस्त छन् ।

सदस्य घट्ने

हेटौडा महाधिवेशनको तुलनामा राष्ट्रिय सम्मेलनमा संगठित सदस्य संख्या कम हुने भएको छ । महाधिवेशनमा एमाओवादीका साढे तीन लाख संगठित सदस्य थिए ।

बिविध कारणले केही सदस्य घट्ने देखिएको छ, नेता पौडेलले भने । धेरै देश बाहिर गएका र केही सम्पर्कविहीन भएकाले सदस्य घटेका ह्न् । बिगतमा पार्टीको कामदेखि निराश कार्यकर्ता पनि सदस्यता नवीकरणमा अनिच्छुक देखिएको जानकारहरु बताउछन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र