अविभाजित सुदुरपश्चिमका लागि कञ्चनपुर बन्द

१७ बैशाख २०६९, आईतवार १८:४८ मा प्रकाशित

महेन्द्नगर, १७ वैशख । राज्य पुनर्संरचमा हालकै भौगोलिक संरचनासहितको अविभाजित सुदुरपश्चिम राज्यको माग गर्दै आइतबार तेस्रो दिन पनि कञ्चनपुर बन्द रह्यो । तर नियमित परीक्षाहरु भने बिना अवरोध सञ्चालन भए । बन्द आह्वानकर्ताहरु बिहानैदेखि बजारका चोकमा टायर बालेर नारा लगाउँदै विरोध प्रदर्शन गरिरहेका थिए ।

माओवादीद्वारा प्रस्तुत गरिएको १० प्रदेशको अवधारणामा सुदुरपश्चिमको हालको भौगोलिक संरचनाभित्र रहेका ९ जिल्ला मध्ये तराइका दुई जिल्ला कैलाली र कञ्चनपुर टुक्राएर थारुवान लुम्विनी राज्यमा गाभ्ने प्रस्तावको बिरोधमा शुक्रबारदेखि अनिश्चितकालीन कञ्चनपुर बन्द आह्वान गरिएको थियो । माओवादी बाहेकका राजनीतिकदल, पेशागत संघ संगठन र व्यावसायिक संघसंस्थाहरुका प्रतिनिधिको शुक्रबारको भेलाले अखण्ड सुदुरपश्चिम रहनु पर्ने माग गर्दै अनिश्चितकालीन कञ्चनपुर बन्द आह्वान गरिएको हो । भेलाले अभिभाज्य सुदुरपश्चिम राज्यको मागका लागि आन्दोलनको कार्यक्रम सञ्चालन गर्न नागरिक समाजका अध्यक्षको संयोजकत्वमा सर्वपक्षीय संघर्ष समिति गठन गरेको थिए ।

संघर्ष समितिले शनिबार विज्ञप्तिमार्फत आन्दोलनलाई निरन्तरता दिँदै वैशाख १७ र १८ गते बन्दलाई यथावत राख्ने निर्णय सार्वजनिक गरेको छ ।जारी विज्ञप्तिमा भनिएको छ संघर्ष समितिले वैशाख १८ गते आदिवासी जनजाति समेतको सहभागितामा बृहद् गोलमेच सम्मेलन गर्नेनिर्णय गरेको छ । विज्ञप्तिमा अगाडी भनिएको छ, ‘आन्दोलनका सन्दर्भमा केही भ्रम उत्पन्न भएको उल्लेख गर्दै आन्दोलन कुनै जात वर्ग र समुदायको विपक्षमा नभएको स्पष्ट गर्न चाहन्छौं । विज्ञप्तिमा भनिएको छ ‘हाम्रो आन्दोलन सुदुरपश्चमलाई टुक्राउन हुन्न भन्ने भावनाले मात्र प्रेरित छ’ ।

प्रतिक्रिया
सम्बन्धित खवर

निर्वाचन आयोगले मंसिर २ गते संघीय तथा प्रदेश प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिने भएको छ । आयोग स्रोतकाअनुसार बुधबार

काठमाडौँ ।सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बेठकले नागरिकता विधेयक फिर्ता लिने

काठमाडौं। नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले अर्थमन्त्री प्रकरण प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नजिकबाट निगरानी गरिरहेको बताएका छन् । मंगलबार

आजको प्रमुख समाचार